श्री गढीमाई संवाददाता
जनकपुर
"मधेस प्रदेशका डिआजी लालमणि आचार्यसँग भेटघाट गरि भारतीय गाडी धरपक्कड नगर्न जनमत पार्टीका नेता विकास कुमार सिँहले गरे आग्रह "


बाराका चर्चित युवा नेता एवम् जनमत पार्टीका केन्द्रीय सदस्य रहेका विकास कुमार सिँहले मधेस प्रदेशमा प्रहरीले भारतीय गाडी धरपक्कड भएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो।मधेस प्रदेशका ८ जिल्लामा अहिले भारतीय गाडी अाउन जान्न समस्या बढेकाले अाफुले यस बिषयमा मधेस प्रदेशका डिअाजी लालमणी अाचार्यसँग भेटघाट गरि त्यस्तो कार्य अविलम्ब नगर्न लागि अाग्रह समेत गरेको युवा नेता सिँहले बताउनुभयो ।बाराको मटिअर्वा ,बरैनिया ,छतवा ,संतगज ,गुलरिया ,बसवरिया लगायतको नाकाबाट अहिले बारा प्रहरीले कडाइ गरेको बिषय आएकाले सो बिषयमा डिअाजी अाचार्यसँग गहिरोरुपमा छलफल समेत गरिएको युवा नेता एवम् जनमत पार्टीका केन्द्रीय सदस्य विकास कुमार सिँहले बताउनुभयो।जनकपुरमा वहाँलाई भेटी गाडी लगायत शान्ति ,सुरक्षाको बारेमा पनि जानकारी गराउनुको ,ट्राफिक चेकिङ्गको बारेमा पनि अवगत गराई जनतालाई राहत महशुस गराउन सर्व सुलभ वातावरण बनाउन अावश्यकता रहेकोले सोही बमोजिम भए जनतामा विश्वास जाग्ने पनि वहाँले बताउनुभयो।यता डिअाजी लालमणि अाचार्यले यस बिषयमा प्रहरी गम्भीर भई लागि काम गरिरहेको र सो कुरालाई मध्य नजर गरि अगाडि बढने पनि सो भेटघाटमा बताउनुभयो।बारा र पर्सामा नयाँ एस.पी.को अागमनसँगै कडाइ बनाईएको हो ।
प्रतिक्रिया