Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

नारायणी अस्पतालका जीर्ण भएको भन्दै चिकित्सकद्वारा सडकमा धर्ना

वीरगंज, १८ माघ । नारायणी अस्पताल वीरगंजको नयाँ भवन निर्माण गर्नुपर्ने माग गर्दै अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरूले शुक्रवार बिहान सडकमा...

वीरगंज, १८ माघ ।
नारायणी अस्पताल वीरगंजको नयाँ भवन निर्माण गर्नुपर्ने माग गर्दै अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरूले शुक्रवार बिहान सडकमा धर्ना दिएका छन् ।
नेपालकै पुरानो अस्पतालमध्ये एक नारायणी अस्पतालको भौतिक संरचनाको जीर्ण भएको भन्दै डा नीरज सिंहको नेतृत्वमा रहेका चिकित्सकहरुले शुक्रवार बिहान प्लेकार्ड बोकेर सडकमा धर्ना दिएका हुन् ।
अस्पताल जीर्ण भएपछि उपचार सेवा लिन आउने बिरामी र स्वास्थ्यकर्मीहरू दुवैले सास्ती भोग्नुपरेको चिकित्सकको भनाइ छ । दशकौंदेखि स्थानीय दाताहरूले बनाइदिएका पुराना भवनहरूमा सञ्चालन हुँदै आएको यो अस्पताललाई राज्यले उपेक्षा गर्दै आएको स्वास्थ्यकर्मीहरूले आरोप लगाएका छन् ।
श्री ५ पृथ्वी वीरविक्रम शाहको आदेशअनुसार काठमाडौं उपत्यकाबाहिरका जनताका लागि बीरगंजमा नारायणी अस्पतालको स्थापना गरिएको थियो ।
हाल नारायणी अस्पताल ३०० शैयासहित सञ्चालनमा छ, तर यसको भौतिक संरचना निकै जीर्ण भइसकेको चिकित्सकको भनाइ छ । नेपालका अन्य केन्द्रीय सरकारी अस्पतालहरूमा नयाँ भवन निर्माण भइसकेको भए पनि नारायणी अस्पताल पुरानै कमजोर भवनमा सीमित रहेको चिकित्सकहरुले बताएका छन् ।
नेपाल सरकारले आर्थिक वर्ष २०७४–७५ को एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेशमा ५०० सैयाको अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो। सोही योजनाअन्तर्गत नारायणी अस्पतालका लागि करिब १ अर्ब ५५ करोड रुपियाँको अनुमानित लागतसहित टेन्डर प्रक्रिया अघि बढाइएको थियो। तर बोलपत्र प्रक्रियामा देखिएको विवादका कारण अस्पताल भवन निर्माणको प्रक्रिया अदालतमा न्यायिक निरूपणको चरणमा पुगेको छ ।
नयाँ भवन निर्माण नहुँदा यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूले अत्यन्तै कठिन परिस्थितिमा बिरामीहरूको उपचार गर्नुपरेको छ । अस्पतालका विभिन्न भवनहरू जीर्ण भइसकेका छन्, जसले गर्दा बिरामी, कुरूवा तथा स्वास्थ्यकर्मीहरू सधैं डरभित्र बाँच्न बाध्य छन ।
डा. नीरज कुमार सिंहले नयाँ भवन निर्माणका लागि सरकारलाई दबाब दिन नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरूले पहिलोपटक त्रिभुवन राजपथ अवरूद्ध गरी सरकारलाई ध्यानाकर्षण गराएको बताए ।
भवन निर्माण संयोजन समितिका अध्यक्ष समेत रहेका डा सिंहले देशभरका केन्द्रीय सरकारी अस्पतालहरूमा नयाँ भवन निर्माण भइसकेको तर, वीरगंजको नारायणी अस्पताल अझै पुरानै जीर्ण भवनमा सीमित रहेको बताए ।
उनले भने, भवनको अवस्था यति जीर्ण छ कि उपचार गरिरहेका बेला कुन क्षण भवन खस्छ भन्ने ठेगान छैन । यो अस्पतालमा लाखौं जनताले भर परेका छन । तर, सरकारले अझै ध्यान दिएको छैन ।
नारायणी अस्पतालले बारा, पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लाका साथै छिमेकी भारतका समेत गरी झन्डै ३० लाख जनसंख्यालाई सेवा दिंदै आएको छ । तर, भौतिक संरचनाको अभावले गर्दा यहाँका स्वास्थ्यकर्मीहरूले आफ्नो सम्पूर्ण क्षमता अनुसार सेवा दिन नसकेको गुनासो गरिरहेका छन् ।
नेपाल सरकारको नीति अनुसार अस्पताल भवनहरू भूकम्प प्रतिरोधात्मक मापदण्डअनुसार निर्माण गर्नुपर्ने प्रावधान छ । तर नारायणी अस्पताल आफैंले तोकेको मापदण्ड विपरीत जीर्ण भवनमा सञ्चालन भइरहेको छ। भूकम्पीय दृष्टिकोणले संवेदनशील मानिएको नेपालमा यस्तो लापरबाहीले विपद् व्यवस्थापनमा सरकारको गम्भीरता नदेखिएको स्पष्ट छ।
राजनीतिक नेतृत्वको असफलता, स्वास्थ्यकर्मी र जनतामा निराशा यस क्षेत्रका सांसदहरूले संसदमा पटक–पटक नारायणी अस्पतालको स्तरोन्नतिको माग उठाए पनि अहिलेसम्म सम्बोधन भएको छैन। यो गम्भीर विषयमा नागरिक समाज तथा राजनीतिक दलहरूले समेत आन्दोलन नगरेकोमा यहाँका जनतासमेत निराश छन।
डा. सिंह भन्छन् हाम्रा माग पूरा नभए हामी अझ कडा आन्दोलन गर्न बाध्य हुनेछौं । राज्यले अब पनि बेवास्ता गरेमा स्वास्थ्यकर्मी र स्थानीय जनताले सामूहिक रूपमा ठूला आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content