Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

हार्वर्ड युथ लिड द चेन्ज कार्यशालामा अल्पाइन माविका विद्यार्थीहरु सहभागी

वीरगंज, २५ पुस । अल्पाइन माध्यमिक विद्यालय वीरगंजका कक्षा १० देखि १२ का विद्यार्थीहरु भारत, पञ्जाबस्थित ख्यातिप्राप्त चित्कारा विश्वविद्याल...

वीरगंज, २५ पुस ।
अल्पाइन माध्यमिक विद्यालय वीरगंजका कक्षा १० देखि १२ का विद्यार्थीहरु भारत, पञ्जाबस्थित ख्यातिप्राप्त चित्कारा विश्वविद्यालयमा नेतृत्व विकास सम्बन्धी तीन दिने कार्यशालामा सहभागी भएका छन् ।
 
हार्वर्ड विश्वविद्यालयबाट ग्रेजुएट गरेकाहरुले आयोजना गरेको प्रतिष्ठित 'हार्वर्ड युथ लिड द चेन्ज कार्यशाला'मा अल्पाइन माविका ११ जना विद्यार्थीहरु सहभागी भएका हुन् ।
 
तीन दिने आवाशीय उक्त कार्यशालामा हार्वर्ड युनिभर्सिटीबाट स्नातक गरेकाहरुले विद्यार्थीलाई प्रशिक्षित गर्नेछन् । साथै प्रशिक्षित हुने विद्यार्थीहरुले अमेरिकाको ख्यातिप्राप्त विश्वविद्यालयहरुमा पढ्न पाउने, छात्रवृत्ति पाउने तथा नेतृत्व विकाससम्बन्धी क्षमता अभिवृद्धि हुने विद्यालयका प्रिन्सिपल विशाल उपाध्यायले जानकारी गराए ।

हार्वर्ड युथ लिड द च्यालेन्ज इन्डिया विन्टर २०२४–२५ कार्यक्रम भारतको चित्कारा विश्वविद्यालयमा जनवरी ८ देखि १० सम्म भइरहेको प्रिन्सिपल उपाध्यायले बताए । सो कार्यक्रमको वैश्विक स्तरमा निकै माग रहेको र यसलाई संसारभरिका विभिन्न प्रतिष्ठित स्थानमा सन् २००८ देखि आयोजना भइरहेको अल्पाइन माविका निर्देशक विनोद उपाध्यायले बताए ।
 
अनुभवी हार्वर्ड सल्लाहकार तथा नेताद्वारा विद्यार्थीलाई जटिल सामाजिक मुद्दाहरुलाई सम्बोधन गर्न र असंख्य अनुभवात्मक मोड्युलमार्फत नेतृत्व विकास सम्बन्धी कार्यशाला दिइएको निर्देशक उपाध्यायले बताए । उनले परम्परागत नेतृत्व शिक्षाभन्दा भिन्दै यस कार्यशालामा नरम सीप विकास, विद्यार्थीहरुमा आलोचनात्मक सोच, प्रभावकारी सञ्चार, भावनात्मक बुद्धिमत्ता सीप परिष्कृष्त गर्न हार्वर्ड विश्वविद्यालयबाट स्नातक गरेकाले प्रशिक्षण दिंदै गरेको बताए ।
 
कार्यशालामा सहभागी भएका विद्यार्थीहरुले हार्वर्ड युथ लिड द चेन्जबाट प्रमाणपत्र प्राप्त गर्ने छन् । तालीममा सहभागी विद्यार्थीहरुले आफनो नेतृत्व कौशल र ज्ञान बढाउन डिजाइन गरिएका विभिन्न गतिविधि र सत्रहरुमा भाग लिंदै गरेका छन् ।
कार्यशालामा परम्परागत रटाइ–सिकाइलाई पन्छाएर विद्यार्थीहरुलाई चुनौती दिने र प्रेरणा दिने वास्तविक विश्व परिदृश्यमा डुबाउने, व्यावहारिक, अन्तरक्रियात्मक गतिविधिलाई प्राथमिकता दिइएको छ । विद्यार्थीहरुले गम्भीर चुनौतीलाई समाधान गरी सामूहिक बुद्धिमत्ताको शक्ति प्रयोग गर्ने, आलोेचनात्मक सोचको विकास गरी विद्यार्थीलाई आत्मविश्वास र दृष्टिकोणका साथ विश्लेषण गर्न, नवीनता ल्याउन तथा नेतृत्व गर्न कार्यशालाले सशक्त बनाउने निर्देशक उपाध्यायको दावी छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content