दिपेन्द्र चौधरी सहनी
पर्सा
पर्सा जिल्लाको धोबिनी गाउँपालिका-५ जगरनाथपुर टोलमा जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट आयोजित एक कार्यक्रमका बिच कम्बल वितरण गरिएको छ। पचास जना बढी विपन्न परिवारलाई कम्बल वितरण गरिएको विपद व्यवस्थापन समितिले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन्।जगरनाथपुरमा भएकाे राहत विरतण कार्यक्रममा सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक राधेश्याम धिमाल, सशस्त्र प्रहरी बेस क्याम्प लहावर थकरीका प्रहरी नायब उपरिक्षक ड्राेन ढकाल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत दिपक पटेल, इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक स्वरुप शर्मा, रुङ्गटा वेलफेयर साेसाइटीका अध्यक्ष सुरेश रुङ्गटा, युवा नेता अकलेश साह,धोबिनी-५ का वडाध्यक्ष मनौवर अहमद,पर्सा युथ इमर्जिङ्ग सोसाइटीका अध्यक्ष अंकेश यादव,उपाध्यक्ष नन्दलाल सहनी,सचिव मुकेश राम,कोषाध्यक्ष विजय सिंह लगायतकाे उपस्थिती रहेकाे थियाे ।जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चिसोबाट प्रभावित परिवारलाई जिल्ला विपद व्यवस्थापनबाट सहयोग स्वरूप कम्बल वितरण गरिएको वहाँले बताउनुभयो।राहत कार्यले अति पिछडिएका समुदायलाई केही हदसम्म चिसोबाट बच्न मद्दत पुग्ने प्रजिअ अर्यालले विश्वास व्यक्त गर्नुभयो।
प्रतिक्रिया