अजय यादव वियोगी
कलैया ,बारा
"बाराको सबैभन्दा बढी विवादित गाउँपालिका देवताल गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा विवाद ,गाउँपालिका अध्यक्ष सहित केही व्यक्तिले लाठी लिई तोरी र गेँहुको खेतमा गरे लखेटा लखेट "
बाराको सबैभन्दा बढी विवादित बन्दै आएको देवताल गाउँपालिकामा नयाँ विवाद र हास्यास्पद घटना सार्वजनिक भएको छ ।देवताल गाउँपालिका -५ धुरहामा रहेको विधालयको फिल्डमा सुरु भएको प्रतियोगितामा उद्घघाटनसँगै खेलमा विवाद भएको थियो ।पालिकामा रहेको ३ वटा माध्यमिक विधालयका बिधार्थीहरुको सहभागितामा भईरहेको सो प्रतियोगितामा सुरुकै दिननै ठुलो विवाद भई केही घाइते भएपछि खेल भन्दा बनेको अधिकाँश स्थानीयबासीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएका छन्।झैझगडा र विवाद हुँदा अाफु सो बेला त्यहाँ नरहेको देवताल गाउँपालिका वडा नम्बर -५ का वडाध्यक्ष सुरेश प्रसाद साहले श्री गढीमाई दैनिकलाई बताउनुभयो।प्रहरीकै रोहवरमा सो घटना भएको भएपनि आफु सो ठाउँमा नभएकाले केही थाहा नभएको वडाध्यक्ष साहले बताउनुभयो ।राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिका स्तरीय भएकाले आफुलाई सो बारे जानकारी नदिएको र विगतमा १ लाख को खेल हुने गरेको पनि वहाँले बताउनुभयो ।अाफु वडा नम्बर -५का वडाध्यक्ष भएपनि गाउँपालिका अध्यक्ष उदय यादव र प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवले आफु राजी गरेकाले केही थाहा नभएको वडाध्यक्ष सुरेश प्रसाद साहले बताउनुभयो ।पालिकाबाट खेल भएपनि अाफ्नो संलग्नता नभएकाले सबै जिम्मेवारी पालिकाको भएको वडाध्यक्ष साहले बताउनुभयो।घाइते भनिएका संजय यादव आफ्नो वडाको नभएको वडाध्यक्ष साहले बताउनुभयो।फिल्ड कहि नभएकाले धुरहामा खेल हुने गरेको वडाध्यक्ष साहले बताउनुभयो ।चिठीको अाधारमा मात्र अाफु त्यहाँ पुगेको र अरु कति खर्च भएको त्यो केही जानकारी नभएको पनि वडाध्यक्ष सुरेश प्रसाद साहले बताउनुभयो।यता धुरहा भएको घटनाको देवताल गाउँपालिका जिल्ला भरि नै चर्चाको बिषय बनेको जिल्ला अगुवाहरुले बताएका छन् ।अपरिपक्व अध्यक्षको रवैया मात्र बाहिर मात्र अाउनुको साथै नागरिक प्रति जनप्रतिनिधि गैर जिम्मेवार भएको देवताल गाउँपालिका स्थानीयबासीहरुको भनाइ रहेको छ।बाराको सबैभन्दा बढी विवादित देवताल गाउँपालिका वडा नम्बर -५ धुरहामा भएको लेखटा लखेटीले हास्यास्पद तुल्याएको भएपनि सम्बन्धित निकायले केही बोल्न सकेका छैनन् ।धुरहामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बारे गाउँपालिका सुचना अधिकारी मुकेश कुमार यादवको सम्पर्क नम्बर ९८५५०४८५१४ मा सम्पर्क गर्न खोज्दा पनि प्रतिक्रिया उपलब्ध हुन सकेको छैन ।यता बडकी फुलवरिया अर्थात देवापुर प्रहरी चौकीका ईन्चार्जको नम्बर ९८५५०९०६९५ मा पनि सम्पर्क गर्न खोज्दा प्रतिक्रिया उपलब्ध हुन सकेको छैन ।धुराहामा भएको घटेको घटनाको युवा जनमत संघ बाराका अध्यक्ष विकास कुमार सिँहले प्रेस विज्ञप्ति जारी गर्दे समिति बनाइ दोषी माथि कारवाही हुने माँग गरेका छन्।देवताल गाउँपालिकामा गाउँपालिका अध्यक्षले लखेटा लेखटी गरेकाले सर्वत्र आलोचना हुन थालेका छन् ।पालिका अध्यक्ष उदय यादव जनता समाजवाद पार्टी नेपालबाट जितेका हुन भने वडा नम्बर -५ का वडाध्यक्ष सुरेश प्रसाद साह नेपाली काँग्रेसबाट जितेका हुन ।देवताल गाउँपालिका विवादको हब बन्दै गएको प्रति स्थानीयबासीहरुले चिन्ता व्यक्त गरेका छन् ।
प्रतिक्रिया