अजय यादव वियोगी
कलैया ,बारा ।
"संयुक्त एम्बुलेन्स चालक संघ बाराको दोस्रो जिल्ला अधिवेशन कलैयामा सम्पन्न ,अध्यक्षमा शेख सर्फुदिन सर्वसहमतबाट चयन"
संयुक्त एम्बुलेन्स चालक संघ बाराको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।बाराको सबै एम्बुलेन्स चालकहरुको हकहितमा काम गर्दे आएको संघ दोस्रो जिल्ला अधिवेशन भव्यताका साथ कलैयाको करण राज पार्टी प्यालेसमा सम्पन्न भएको हो।एम्बुलेन्स संघका चालकहरुले सौहार्दपुर्ण वातावरणमा उक्त अधिवेशन सम्पन्न गरेका हुन ।प्रमुख अतिथि ,विशिष्ट अतिथि तथा पर्साका जिल्ला अध्यक्ष जनार्दन गिरी र रौतहटका जिल्ला अध्यक्षलालबाबु साहको विशेष उपस्थितिमा सो अधिवेशन सम्पन्न भएको हो ।दोस्रो अधिवेशनबाट एम्बुलेन्स चालक संघ बाराको वरिष्ठ उपाध्यक्ष भई काम सम्हालेका अनुभवी चालक शेख सर्फुदिनलाई जिल्ला अध्यक्षमा चयन गरेका छन्।जिल्ला अध्यक्ष सर्फुदिनले अाफु सबैलाई समेटेर लिएर जाने र १७ सदस्यीय समिति गठन गरिएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।संयुक्त एम्बुलेन्स चालक संघ बाराको उपाध्यक्षद्वय साहेब यादव, अनजन घिसिङ्ग रहेका छन् ।सचिवमा मुनिलाल प्रसाद यादव,सह सचिवमा रमेश दास तत्मा,कोषाध्यक्षमा साह महम्मद अन्सारी,सह-कोषाध्यक्षमा तबरुल्लाह अन्सारी रहेका छन् ।यस्तै सदस्यहरुमा मुकेश यादव,रामफल पटेल,ओमप्रकाश पण्डित ,विशनु तिमिल्सिना,मोहन कार्की,प्रदोश प्रसाद यादव,मनमोहन पासवान ,नाजिर अँसारी,सुनिल राउत,त्रिभुवन चौधरी लगायतका रहेको एम्बुलेन्स चालक संघ बाराका जिल्ला सचिव मुनिलाल प्रसाद यादवले बताउनुभयो। दोस्रो जिल्ला अधिवेशनले एम्बुलेन्स चालक भएर विगत १५ बर्ष काम गरेका अनुभवी दिपक मिश्रालाई प्रशासन सम्बन्धि सबै काम गर्न जिम्मेवारी समेत दिएको जिल्ला सचिव यादवले बताउनुभयो।सल्लाहकारहरु मा ज्याउलहक राय र धिरज चौधरीलाई चयन गरिएको पनि जिल्ला सचिव यादवले बताउनुभयो। विभिन्न सरोकारवालाहरुको उपस्थितिमा सो अधिवेशन सम्पन्न भएको हो ।दर्जनौं एम्बुलेन्स चालकहरुले एम्बुलेन्स सम्बन्धि जानकारी सबैले अनिवार्य रुपले राख्नुपर्ने जरुरी रहेको बताउनुभयो।
प्रतिक्रिया