Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

संयुक्त एम्बुलेन्स चालक संघ बाराको दोस्रो जिल्ला अधिवेशन कलैयामा सम्पन्न ,अध्यक्षमा शेख सर्फुदिन सर्वसहमतबाट चयन"

अजय यादव वियोगी  कलैया ,बारा । "संयुक्त एम्बुलेन्स चालक संघ बाराको दोस्रो जिल्ला अधिवेशन कलैयामा  सम्पन्न ,अध्यक्षमा शेख सर्फुदिन सर्वस...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"संयुक्त एम्बुलेन्स चालक संघ बाराको दोस्रो जिल्ला अधिवेशन कलैयामा  सम्पन्न ,अध्यक्षमा शेख सर्फुदिन सर्वसहमतबाट चयन" 


 संयुक्त  एम्बुलेन्स  चालक संघ बाराको दोस्रो  जिल्ला अधिवेशन  सम्पन्न भएको छ ।बाराको सबै एम्बुलेन्स चालकहरुको हकहितमा काम गर्दे आएको संघ दोस्रो  जिल्ला अधिवेशन भव्यताका साथ कलैयाको करण राज पार्टी प्यालेसमा सम्पन्न भएको हो।एम्बुलेन्स संघका चालकहरुले सौहार्दपुर्ण वातावरणमा उक्त अधिवेशन सम्पन्न  गरेका हुन  ।प्रमुख अतिथि ,विशिष्ट अतिथि तथा पर्साका जिल्ला अध्यक्ष जनार्दन गिरी र रौतहटका जिल्ला अध्यक्षलालबाबु साहको विशेष  उपस्थितिमा सो अधिवेशन सम्पन्न भएको हो ।दोस्रो अधिवेशनबाट एम्बुलेन्स चालक संघ बाराको वरिष्ठ उपाध्यक्ष भई काम सम्हालेका अनुभवी चालक शेख सर्फुदिनलाई जिल्ला अध्यक्षमा चयन गरेका छन्।जिल्ला अध्यक्ष सर्फुदिनले अाफु सबैलाई समेटेर लिएर जाने  र १७ सदस्यीय समिति गठन गरिएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।संयुक्त एम्बुलेन्स चालक संघ  बाराको उपाध्यक्षद्वय साहेब यादव, अनजन घिसिङ्ग रहेका छन् ।सचिवमा  मुनिलाल प्रसाद यादव,सह सचिवमा  रमेश दास तत्मा,कोषाध्यक्षमा साह महम्मद अन्सारी,सह-कोषाध्यक्षमा तबरुल्लाह अन्सारी रहेका छन् ।यस्तै सदस्यहरुमा मुकेश यादव,रामफल पटेल,ओमप्रकाश पण्डित ,विशनु  तिमिल्सिना,मोहन कार्की,प्रदोश प्रसाद यादव,मनमोहन पासवान ,नाजिर अँसारी,सुनिल राउत,त्रिभुवन चौधरी लगायतका रहेको एम्बुलेन्स चालक संघ बाराका जिल्ला सचिव मुनिलाल प्रसाद यादवले बताउनुभयो।  दोस्रो जिल्ला अधिवेशनले  एम्बुलेन्स चालक भएर विगत १५ बर्ष काम गरेका अनुभवी  दिपक मिश्रालाई  प्रशासन सम्बन्धि  सबै काम गर्न जिम्मेवारी समेत दिएको जिल्ला सचिव यादवले बताउनुभयो।सल्लाहकारहरु मा ज्याउलहक राय र धिरज चौधरीलाई चयन गरिएको पनि जिल्ला सचिव यादवले बताउनुभयो। विभिन्न सरोकारवालाहरुको उपस्थितिमा सो अधिवेशन सम्पन्न भएको हो ।दर्जनौं एम्बुलेन्स चालकहरुले एम्बुलेन्स सम्बन्धि जानकारी सबैले अनिवार्य रुपले राख्नुपर्ने जरुरी रहेको बताउनुभयो।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content