Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

उपराष्ट्रपतिद्वारा गढीमाईको दर्शन

बारा, १७ मंसिर ।  उपराष्ट्रपति रामसहाय यादवले बाराको गढीमाईको सोमवार बिहान दर्शन गरेका हुन् । मन्दिरका पूजारीले उपराष्ट्रपति यादवलाई टिका लग...

बारा, १७ मंसिर ।  उपराष्ट्रपति रामसहाय यादवले बाराको गढीमाईको सोमवार बिहान दर्शन गरेका हुन् । मन्दिरका पूजारीले उपराष्ट्रपति यादवलाई टिका लगाएका थिए ।

उपराष्ट्रपति रामसहाय यादवको गृह जिल्लामा रहेको गढीमाई मेलाको अवलोकन निरीक्षण गर्दै हेलिकप्टरबाट चार फन्को पनि लगाएको थियो ।

मंसिर १ गते देखि शुरू भएको मेलामा मंसिर १७ गतेपछि मात्रै भीड बढ्न थालेको छ ।

पशु बलिको लागि बिश्वमै प्रसिद्ध रहेको गढीमाई मेलामा मंसिर २३ गते राँगा, मंसिर २४ गते खसी र बोकाको बलि दिइने कार्यक्रम रहेको मेला मूल ब्यवस्थापन समितिका अध्यन एवं महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।

विश्व प्रसिद्ध गढीमाई मेला शुरू भएपछि नेपालका उपराष्ट्रपति लगायत राजनीतिक दलका शीर्ष नेता र मन्त्रीहरूले मेलाको अवलोकन गर्न थालेका छन् । गढीमाई मेलाको केन्द्र देखि लिएर प्रदेशका मन्त्रीहरूले अवलोकन क्रम जारी रहेको मेला मूल ब्यवस्थापन समितिले जनाएको छ।

गढीमाई मन्दिर दर्शन गर्न आएका उपराष्ट्रपति रामसहाय यादवलाई महागढीमाई नगरपालिकाका नगरप्रमुख लगायत मेला मुल ब्यवस्थापन समितिले भब्य स्वागत गरेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content