Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

विन्दवासिनी टोलमा निर्माण हुन लागेको सडकको काम शुरू

वीरगंज ०४ पुस । वीरगंज महानगरपालिका–१९ विन्दवासिनी टोल जोड्ने सडक निर्माणको काम अघि बढेको छ । पक्की सडक नहुँदा यस क्षेत्रका नागरिकलाई आवागमन...

वीरगंज ०४ पुस । वीरगंज महानगरपालिका–१९ विन्दवासिनी टोल जोड्ने सडक निर्माणको काम अघि बढेको छ । पक्की सडक नहुँदा यस क्षेत्रका नागरिकलाई आवागमनमा समस्या भइरहेको थियो ।
आत्मरामपथबाट पश्चिम जाने विन्दवासिनी टोल हुँदै नहर निस्कने बाटो निर्माणका लागि सडक क्षेत्रको जग्गा छुट्याउने काम भएको छ ।
शमा, विनोद साह जेभी निर्माण कम्पनीले ठेक्का सकार गरेर सडक निर्माणको जिम्मेवारी लिएको छ ।
विन्दवासिनी टोलमा ६५० मिटर नालासहित कालोपत्रे सडक निर्माण हुने भएको छ । ११ करोड ४५ लाख रुपियाँमा ठेक्का सकार गरेर काम अघि बढाइएको निर्माण कम्पनीले जनाएको छ ।
साइट क्लियरेन्स नभएको भन्दै निर्माण कम्पनीले काम गर्न ढिलाई गर्दै आएकोमा बुधवारबाट महानगरपालिकाले सडक निर्माण हुने क्षेत्रको सडक नापजाँच गरेर छुट्याएको छ ।
सडक निर्माणका लागि साइट क्लियरेन्स गर्न महानगरपालिकाको सार्वजनिक सम्पत्ति अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नं. ५ का वडाध्यक्ष प्रदीप चौरसिया नेतृत्वमा अमीन सहितको टोली खटेको थियो । वडा नं. १९ का वडाध्यक्ष मुकेश चौरसियाको रोहबरमा नक्सा अनुसार सडकको दुबै तर्फको क्षेत्र छुट्याइएको टोलीमा खटिएका महानगर प्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेलले जानकारी दिए ।
निर्माण कम्पनीले ठेक्का लिएर साइट क्लियरेन्स नहुँदा निर्माणमा अवरोध हुँदै आएको सडकको काम चाडो टुंगो लगाउन महानगर प्रमुख राजेशमान सिंहले निर्देशन दिएसँगै सार्वजनिक अतिक्रमण नियन्त्रण समिति टोली सहित सडक अतिक्रमण हटाउन विन्दवासिनी पुगेको हो ।
अतिक्रमण हटाएर सीमा क्षेत्र छुट्याएसँगै निर्माण कम्पनीले धमाधम निर्माण सामग्री झारेर काम गर्न शुरू गरेको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content