अजय यादव वियोगी
कलैया ,बारा ।
"बारामा हर्षोल्लासका साथ लोक आस्थाको पर्व छठ मनाईयो ,बाराका उत्कृष्ट मेयर जलन्धर सिँहद्वारा विशेष पुजापाठ सम्पन्न "
लोक आस्थाको पर्वको रुपमा मानिएको कठिन पर्व छठ पर्व २०८१ सम्पन्न भएको छ ।बाराको १६ पालिकाको विभिन्न ठाउँमामा छठ पर्व धुमधामसँग मनाईएको छ। जिल्लाको सदरमुकाम कलैयाको रामजानकी मठको पोखरा भव्य तरिकाले छठ पर्व मनाईएको पुजा समितिले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन् ।बाराको सुवर्ण गाउँपालिका हर्दिया सरस्वती टोलमा पनि छठको अवसरमा साँस्कृतिक कार्यक्रम छठ मनाईएको युवा नेता एवम् पुजा समितिका अशोककुमार यादवले बताउनुभयो ।मधेसकै नभई देशकै ठुलो पर्व लोक आस्थाको पर्वले जीवनमा सुख शान्ति ,ल्याउने पनि वहाँले बताउनुभयो ।सुवर्ण गाउँपालिका भरिको नमुनाको रुपमा हर्दिया घाटलाई सजाईएको थियो ।छठ सन्तान प्राप्ति देखि धन्य धान्य र निरोगिताको लागि गर्दे आएको सुवर्ण गाउँपालिका वडा नम्बर -४ हर्दिया सरस्वती टोलको घाटमा विगत २० बर्ष देखि व्रत गर्दे आईरहेकि व्रतालु निर्माला देवी यादवले बताईन ।छठि मईयाको महिमा अपरम्पार नै रहेकोले सबैले विश्वास गरेको व्रतालु यादवले बताईन ।यस्तै बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकाको सबै वडामा भव्य रुपले छठ मनाईएको छ ।पचरौताको विभिन्न घाट पुगेर पचरौता नगरपालिकाका नगर पिता एवम् प्रखर वक्ता जलन्धर सिँहले छठि माताले सबैमा सुख शान्ति सहित सबैको मनोकामना पुरा गरुन् भनेर विशेष पुजा पाठ गरेका छन् ।उत्कृष्ट मेयर सिँह अाफ्नै गाउँ पचरौता -७ बेनौलीको भिखना पोखरामा गरिएको भव्य छठ पुजामा सहभागी भई व्रतालुहरुलाई शुभकामना सहित माताको कृपाले भिखना पोखरा अहिले चम चम गरिरहेको बताउनुभयो ।आफुले सक्दो व्रत गर्नेको लागि सहयोग गरेको र सधैं सहयोग गर्ने पनि उत्कृष्ट मेयर सिँहले बताउनुभयो र।अहिले धर्मको नाममा कसैले राजनीति नगरे पचरौताको भलो हुने पनि वहाँले बताउनुभयो ।सबैको सम्मानका निम्ति नगरपालिका लागि परेको बताउनुभयो ।पुजामा पचरौता नगरपालिकाका शिक्षा सह-संयोजक मुकेश कुमार पटेल ,प्रधानाध्यापक सर्वेन्द्र प्रसाद सहनी ,प्रमोद सिँह लगायत का विशेष उपस्थिति रहेको थियो ।यस्तै बाराको महागढीमाई बरियारपुर र सिम्रौनगढमा पनि धुमधामसँग मनाईएको छ ।
प्रतिक्रिया