Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

दिपावलीको अवसरमा बारा अमलेखगञ्जका विजय जर्गा मगरले लाखौंको सुन र चाँदी गरे श्री गढीमाई मन्दिरमा दान "

अजय यादव  वियोगी  कलैया ,बारा । "दिपावलीको अवसरमा  बारा अमलेखगञ्जका विजय जर्गा मगरले लाखौंको सुन र चाँदी गरे श्री गढीमाई मन्दिरमा दान ...
अजय यादव  वियोगी 
कलैया ,बारा ।
"दिपावलीको अवसरमा  बारा अमलेखगञ्जका विजय जर्गा मगरले लाखौंको सुन र चाँदी गरे श्री गढीमाई मन्दिरमा दान " 


  


विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिरमा दिपावलीको अवसरमा बाराको अमलेखगञ्ज निवासी जर्गा होटलका सञ्चालक विजय जर्गा मगर द्वारा ५ थान सुन र १ थान चाँदी दान दिईएको हो।उहाँले माताको कृपाले व्यापार ,व्यवसाय फस्टाएको र अाफ्नो भाखल पुरा भएको माताको चरणमा सुन र चाँदीका गहना दान दिएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।श्री गढीमाई मन्दिरको स्वरुपमा दुवै कानमा सुनको वाला ,घाँटीमा लगाउने हार ,सुनको टिकुली ,नाकमा सुनको टोप र पाउँमा चाँदीको पायल दान गरेको मनका धनि मगरले बताउनुभयो ।विगत २०७१ साल देखि विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिरमा अाउने गरेको र यसपालि पञ्चबर्षिय मेला २०८१ मा भगवती गढीमाईको मेला भएकाले अाफुले पुजारीको सल्लाहमा नै मातालाई आभुषण गर्न सुन र चाँदी दान गरेको मनका धनि  व्यावसायी विजय जर्गा मगरले बताउनुभयो ।अमलेखगञ्जमा अाफुले विभिन्न ठाउँमा सहयोग गर्दे गरेको र बाराकै अाफु पनि भएकाले माताको कृपा अपरम्पार भएकाले ३९ बर्षमा मैले धेरै कुरा पाएकाले माताको चरणमा अाई दान दिनुको साथै माताकै स्वरूप माला अाफ्नो घाँटीमा समेत लगाएको मनका धनि व्यावसायी विजय जर्गा मगरले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।विगतमा पनि मन्दिरमा केही दान दिएको सम्झना गर्दे  माताको कृपा भएका कारण विश्वमा नाम रहेको पनि वहाँले बताउनुभयो ।श्री गढीमाई पञ्च बर्षिय मेलामा भाखल समेत भर्न अाउने पनि वहाँले बताउनुभयो। सुन र चाँदी दान दिने विजय जर्गा मगरलाई मन्दिरका मुल पुजारी मंगल चौधरी थारु लगायतकाले सम्मान गर्नुका साथै धन्यवाद  प्रकट गरेका छन्  ।यति महान कार्य गर्ने मगरको जिल्लामै नाम हुन पुगेको छ ।माता अदभूत शक्ति  यहीँ  प्रष्ट भएको  स्थानीय दर्शनार्थीहरुले श्री गढीमाई राष्ट्रिय  दैनिकलाई  बताएका  छन् ।मेला यहि मंसिरमा लाग्ने भएको छ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content