श्री गढीमाई राष्ट्रिय दैनिक
संवाददाता
"
तरकारी उत्पादन उप -आयोजना तथा कुश सहकारी संस्थाको संयुक्त अायोजनामा किसानहरुलाई सहुलियत रुपमा स्प्रे टंकी वितरण गरिएको छ । कलैया उपमहानगरपालिका -२३मा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय ,ग्रामिण उधम तथा आर्थिक विकास आयोजना ,आर्थिक करिडोर -कार्यालय बर्दिबास,महोत्तरीको लगानीमा तरकारी उत्पादन उप-आयोजना व्यावसायिक योजना " अन्तर्गत बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -२मा रहेको श्री कुश कृषि सहाकारी सस्था लिमिटेडको उक्त टंकी वितरण गरेका छन् ।सहाकारी समुहका २६ जना किसानहरुलाई सो स्प्रे टंकी वितरण कुश सहकारी संस्थाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन् ।वितरण कार्यक्रममा कलैया उपमहानगरपालिका -२३का वडाध्यक्ष अमिन अंसारीको विशेष उपस्थिति रहेको थियो ।यस्तै वडा नम्बर -२३ वडाध्यक्ष पदका प्रत्यासी सरोज प्रसाद समेतको उपस्थिति रहेको थियो ।आर्थिक करिडोर कार्यालय बर्दिबास ,सम्पर्क कार्यालय बाराका प्रतिनिधि संजय साहको रोहबरमा उक्त स्प्रे टंकी वितरण गरिएको हो ।कार्यक्रमको सञ्चालन कुश दैनिकका प्रकाशक अरुण कुशवाहाले भएको थियो ।व्यावसायिक तरकारी खेती आत्मनिर्भरमा बारा भन्ने नारा सहित ,आर्थिक विकासमा ठुलो योगदान हुने भएको हो ।आर्थिक विकासका लागि सहकार्यमा गरिएको तरकारी खेती गर्ने किसानहरुका लागि फाईदाजनक हुने पनि वडाध्यक्ष अमिन अंसारीले बताउनुभयो ।
प्रतिक्रिया