गन्धिर यादव
काठमाडौं
काठमाडौं महानगरपालिका - ८ तिलगङ्गाबाट पशुपति जाने बाटोमा सौरभ विक्रम शाहको दुईतले घरको भुइतलामा पप्पु चौरासियाले सञ्चालन गरेको किराना पसल र रन्जित गिरीले सञ्चालन गरेको पानीपुरी पसलमा ९:१५ बजे मैनबत्ती बालेको ठाउँबाट आगलागी हुँदा लाखौंको क्षति भएको छ । उक्त पसलहरुमा रहेका सामानहरू जलेर नष्ट भएको र मानवीय क्षति नभएको प्रहरीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन् ।आगलागिलाई नियन्त्रणमा लिन काठमाडौँ महानगरको दम्कल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहायतामा करिब ९ :५० बजे नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएका छन् ।आगलागीबाट अन्दाजी ३/४ लाख बराबरको धनमाल नष्ट भएको आंकलन गरिएको छ ।
प्रतिक्रिया