Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

अजय यादव "वियोगी" कलैया ,बारा      "धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ति बारा प्रहरीको नियन्त्रणमा"   बारामा धार...

अजय यादव "वियोगी"
कलैया ,बारा  


  




"धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ति बारा प्रहरीको नियन्त्रणमा" 
 बारामा धारिलो हतियार प्रयोग  गरि हत्या गर्ने जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं.- १ सेमरा तेगछिया नयका टोल बस्ने अन्दाजी बर्ष ५५ को भुमि सुधार भन्ने श्री नारायण प्रसाद यादवलाई सेमरा तेगछिया सडक खण्डमा मिति २०८१/०७/१० गते साँझ अन्दाजी ७:३० बजेको समयमा पसलबाट घर जाने क्रममा धारिलो हतियारले टाउको पछाडि गर्दनमा प्रहार गरी हत्या गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट तत्काल घटना स्थलमा प्रहरी पुगि प्रारम्भिक अनुसन्धान पश्चात सेमरा तेगछिया बस्ने अन्दाजी वर्ष ६४ को सोथाई चौधरी भन्ने सोथाई खाँ थारूलाई सोही मितिमा निजकै घरबाट पक्राउ गरी अनुसन्धान गर्दा भोग चलन गर्दै आएको जग्गा सम्बन्धी पुरानो रिसिवि तथा बिवादको कारणले निज मृतकको हत्या गरेको खुल्न आएको तथा हत्यामा प्रयोग गरेको धारिलो हतियार २.५ ईन्च  चौडाई, १ फिट ७ ईन्च लम्बाई भएको फलामको खुकुरी लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको  जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता  प्रकाश सापकोटाले बताउनुभयो ।
यस्तै बारामा नै मिति २०८१/०७/०१ गते बिहान अन्दाजी ९:३० बजेको समयमा जिल्ला बारा प्रसौनी गाउँपालिका पावडा नं.- १ त्रिवेणी स्थित गण्डक नहरमा मृत अवस्थामा पुरूष व्यक्तिको शव रहेको सूचना प्राप्त हुन साथ प्रहरी टोली खटि गई घटना स्थल मुचुल्का गरी मृतकको बारेमा बुझ्दा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. ३ छपकैया टोल बस्ने अन्दाजी वर्ष २६ को बिरेन्द्र साह सोनार रहेको जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । प्रारम्भिक अनुसन्धान पश्चात जिल्ला पर्सा साविक गा.वि.स. बिश्रामपुर वडा नं.७ हाल बहुदरामाई न.पा. वडा नं.९ बस्ने अन्दाजी वर्ष २८ को बिजय कुमार साहलाई मिति २०८१/०७/०७ गते अन्दाजी  ५ :०० बजेको समयमा जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं. -१० मटिअर्वा स्थित दशगंजाबाट पक्राउ गरी अनुसन्धान गर्दा निज मृतकको श्रीमति संग प्रेम सम्बन्धको कारणले विबाद हँदा गमछाले पछाडीबाट घाँटीमा कसी हत्या गरी मिति २०८१/०६/२७ गते राति फालेको जिल्ला  प्रहरी कार्यालय बाराले जानकारी दिएका छन् । प्रसौनी गाउँपालिका वडा नं.- १ त्रिवेणी स्थित गण्डक नहरमा सो शव भेटिएको  जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।बारामा दिनप्रतिदिन यस्ता घटना बढदै गएको र स्थिति खराब भएको हो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content