अजय यादव वियोगी
कलैया ,बारा ।
"दिपावलीको अवसरमा बारा अमलेखगञ्जका विजय जर्गा मगरले लाखौंको सुन र चाँदी गरे श्री गढीमाई मन्दिरमा दान "


विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिरमा दिपावलीको अवसरमा बाराको अमलेखगञ्ज निवासी जर्गा होटलका सञ्चालक विजय जर्गा मगर द्वारा ५ थान सुन र १ थान चाँदी दान दिईएको हो।उहाँले माताको कृपाले व्यापार ,व्यवसाय फस्टाएको र अाफ्नो भाखल पुरा भएको माताको चरणमा सुन र चाँदीका गहना दान दिएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।श्री गढीमाई मन्दिरको स्वरुपमा दुवै कानमा सुनको वाला ,घाँटीमा लगाउने हार ,सुनको टिकुली ,नाकमा सुनको टोप र पाउँमा चाँदीको पायल दान गरेको मनका धनि मगरले बताउनुभयो ।विगत २०७१ साल देखि विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिरमा अाउने गरेको र यसपालि पञ्चबर्षिय मेला २०८१ मा भगवती गढीमाईको मेला भएकाले अाफुले पुजारीको सल्लाहमा नै मातालाई आभुषण गर्न सुन र चाँदी दान गरेको मनका धनि व्यावसायी विजय जर्गा मगरले बताउनुभयो ।अमलेखगञ्जमा अाफुले विभिन्न ठाउँमा सहयोग गर्दे गरेको र बाराकै अाफु पनि भएकाले माताको कृपा अपरम्पार भएकाले ३९ बर्षमा मैले धेरै कुरा पाएकाले माताको चरणमा अाई दान दिनुको साथै माताकै स्वरूप माला अाफ्नो घाँटीमा समेत लगाएको
मेला मंसिरमा लाग्ने भएको छ ।
प्रतिक्रिया