अजय यादव वियोगी
कलैया ,बारा ।
"श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका आजीवन सदस्यहरु द्वारा बाराका प्रजिअ बसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाईयो "
बाराको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका आजीवन सदस्यहरु द्वारा ज्ञापनपत्र बुझाईएको छ ।बाराका प्रजिअ अधिकारी मार्फत नै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र गृह मन्त्रालयलाई पनि ज्ञापनपत्र बुझाईएको श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका आजीवन सदस्य तथा संविधानसभा सदस्य शिवचन्द्र प्रसाद कुशवाहाले बताउनुभयो।बिना साधारणसभाकै समिति बनाईको प्रति अाजिवन सदस्यहरुले समिति पुन गठनको माँग गर्दे ज्ञापनपत्र बुझाईएको संविधानसभा सदस्य कुशवाहाले बताउनुभयो ।ज्ञापनपत्र बुझाउने जानेहरु समितिका पुर्व सचिव मोतीलाल कुशवाहा ,अाजिवन सदस्यहरु अनिरुद्द यादव ,शिवमंगल यादव ,श्री भगवान गिरी लगायतका रहेका थिए ।ज्ञापनपत्र बुझ्दै बाराका प्रजिअ बसन्त अधिकारीले पनि यसलाई कानुन सम्बत के छ बुझेर नै अगाडि बढनु पर्ने पनि बताउनुभयो ।विश्व प्रसिद्ध भगवती श्री गढीमाईको मेला भव्य र सभ्य बनाउन सबै जिम्मेवारीका लाग्नुपर्ने र सबैलाई सम्मानजनक व्यहार हुनेपर्ने पनि प्रजिअ अधिकारीले बताउनुभयो।मेलालाई व्यवस्थित गर्न सबै सरोकारवालाहरु लागि सकेका छन् ।मेला यहीँ मंसिर १ गतेदेखि लाग्ने भएका छन् ।
प्रतिक्रिया