Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

सोनार हत्या प्रकरणः भारतीय नागरिक पक्राउ

वीरगंज, ७  कार्तिक । वीरगंज छपकैया निवासी वीरेन्द्र साह सोनारको हत्या प्रकरणमा बारा प्रहरीले मुख्य आरोपितलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

वीरगंज, ७  कार्तिक । वीरगंज छपकैया निवासी वीरेन्द्र साह सोनारको हत्या प्रकरणमा बारा प्रहरीले मुख्य आरोपितलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको रक्सौल निवासी अन्दाजी ३० वर्षीय विजय गुप्ता कलवार रहेका छन् ।

वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैयाका अन्दाजी २६ वर्षीय युवक वीरेन्द्र साह सोनारको शव हत्या गरिएको अवस्थामा बाराको प्रसौनी गाउँँपालिका वडा नम्बर १ स्थित गण्डक नहरको त्रिवेणी पुल नजिक कार्तिक १ गते फेला परेको थियो । असोज २७ गते बाराको मुसहर्वामा लाग्ने मेला हेर्न भनेर घरबाट निस्किएका सोनारको शव पुल नजिक टाउको पछाडि चोट लागेको अवस्थामा भेटिएको थियो ।

सोनार हत्या प्रकरणको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको विशेष टोलीले हत्याका मुख्य आरोपित कलवारलाई मंगलवार रक्सौल क्षेत्रबाट पक्राउ गरेको हो । तर जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने कलवारलाई वीरगंजको इनर्वा नाकाबाट पक्राउ गरिएको बताए ।

सोनारको हत्यामा संलग्न कलवारसंगै संलग्न रहेका अर्का एक युवक भने फरार रहेको बारा प्रहरी श्रोतले जनाएको छ । ती युवकको पहिचान भइसकेकाले खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ । सोनारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले मृतक सोनारकी श्रीमति मनिषा देवीलाई गत शुक्रवार नै नियन्त्रणमा लिएको थियो । उनिपनि हाल प्रहरी हिरासतमै छिन् ।

सोनारको हत्या उनकी श्रीमति मनिषा देवी र पक्राउ परेका कलवारबिचको अनैतिक सम्बन्धका कारण भएको आशंका प्रहरीको छ । प्रहरी श्रोतले भन्यो,'अहिलेसम्मको अनुसन्धानमा विवाहेत्तर सम्बन्धका कारण सोनारको हत्या भएको देखिन्छ । तर यसवारेमा अझै यकिनका साथ भन्न सकिदैन । अनुसन्धान जारी छ।'

पक्राउ परेका कलवार, मृतक सोनारका साथी थिए । सोनारको घरमा नको आउजाउ राम्रैसंग थियो । असोज २७ गतेपनि मुसहर्वाको मेला हेर्न भन्दै सोनार र कलवार सोनारकै मोटरसाइकलमा घरबाट निस्किएका थिए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content