शैलेश गुप्ता
पोखरिया ,पर्सा
पर्साको पोखरिया नगरपालिका वडा नम्बर -४ मा रहेको पोखरिया अस्पताल को सेवा सुबिधाबाट बिरामीहरु सन्तुष्ट भएको पोखरिया अस्पतालमा भर्ना भएका बिरामीहरूले नै स्वयम् प्रतिक्रिया दिएका छन।पोखरिया अस्पतालमा चेक जाच गर्ने स्वास्थ्यकर्मीहरुले ईमानदारी पूर्व आफनो जिम्मेवारी पालना गरिरहेका सेवाग्राहीले बताएका छन ।पोखरिया अस्पतालको सेवा सुविधाबाट सन्तुष्ट भए पश्चात पोखरिया अस्पतालमा प्रसुति सेवा लिन छिमेकी मुलुक भारतबाट बिरामीहरु उपचार गराउ आउछन पोखरिया अस्पतालमा प्रसुति गराई गाइनो वार्डमा भर्ना भएका एक जना भारतीय बिरामीले पोखरिया अस्पतालको सेवा सुविधा र व्यवस्था राम्रो भएकोले हामी उपचार गराउन पोखरिया अस्पतालमा आएका सो बिरामीले बताए।दैनिक २ सय देखी ३ सयको हराहरीमा पोखरिया अस्पतालमा ओ पी डीईमर्जेन्सी सेवाको लागि बिरामीहरु आउने गरेको पोखरिया अस्पतालको निमित मेडिकल सुपरिटेंडेड डॉक्टर अनिल यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।बिगतको दिनमा पोखरिया अस्पतालमा बिरामीको चापले सेवा लिन असहज भय पश्चात सो चाप लाई नियंत्रण गर्न टोकन सिस्टम मेसिने जड़ान भएको मेडिकल सुपरिटेंडेड डॉक्टर यादवले बताउनुभयो।पर्साको ग्रामिण भेगका बिरामीले दिन भरीको समय लगाएर थायराइड चेकअपको लागी सदरमुकाम जानु पर्ने बाध्यता हाल समाधान भयको छ। थायराइडको चेक पोखरिया अस्पताल मै भैरहेको मेडिकल सुपरिटेंडेड डॉक्टर यादव ले बताए।
पोखरिया अस्पतालमा नेपाल सरकारले निर्धारण गरेको निशुल पाउने औषधी सहज रुपले बिरामीहरुले लिई रहेका पोखरिया अस्पतालमा उपचार गराउने बिरामीहरुले बताएका छन् ।
प्रतिक्रिया