Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

खर्चिलो र भडकिलो तीज कार्यक्रम गर्नेलाई कारबाही हुने

बारा, १६ भदौ । बारा प्रशासनले खर्चिलो र भडकिलो तीज कार्यक्रम गर्ने व्यक्ति, दल, संघसंस्थालाई कारबाही हुने सूचना जारी गरेको छ ।   आज जिल्ल...

बारा, १६ भदौ ।
बारा प्रशासनले खर्चिलो र भडकिलो तीज कार्यक्रम गर्ने व्यक्ति, दल, संघसंस्थालाई कारबाही हुने सूचना जारी गरेको छ ।
 
आज जिल्ला प्रशासन कार्यालय बाराले तीज पर्व सम्बन्धी जरूरी सूचना जारी गर्दै तीजसँग सम्बन्धीत खर्चिलो एवम् भड्किलो कार्यकम सञ्चालन नगर्नु–नगराउनु अनुरोध गरेको छ । गरेको खण्डमा कानून बमोजिम कारबाही हुने जनाएको छ ।
 
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले आज जारी गरेको सूचना अनुसार पर्व मनाउने सन्दर्भमा अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जानु हामी सबैको कर्तव्य भएकोले यस कार्यमा जिल्लास्थित सबै राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संस्थाहरू, सुधारकर्मीहरू, महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरूबाट सहयोगको अपेक्षा गरिएको छ। कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तीजका कार्यक्रमहरूको आयोजना गरे–गराएमा त्यस्ता गतिविधिहरूको निगरानी गरी कानुन बमोजिम कारबाही हुने सहायक प्रजिअ भट्टराईले जनाएका छन् ।
सूचनामा हरितालिका तीजलाई नेपाली महिलाहरूले एक सनातन साँस्कृतिक पर्वको रूपमा मनाउँदै आएका छन् । 

भाद्र शुक्लपक्ष तृतीयाका दिन पर्ने यस पर्वमा महिलाहरूले भगवान शिव–पार्वतीको पुजा आराधना गर्दै आफ्नो सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुका लागि उपवास बस्नाले मनोकामना पुरा हुने विश्वास रहिआएको छ। यस्ता साँस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहीष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुन्याइरहेका हुन्छन् । हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको साँस्कृतिक महŒवको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा दिन प्रतिदिन अनावश्यक तडकभडक सहितका खर्चिला कार्यकमहरू बढ्दै गएको देखिएको छ।

सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको सहायक प्रजिअ भट्टराईले जनाएका छन् । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content