Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

“ओजन फर लाइभ” शीर्षक वक्तृत्वकला प्रतियोगीतामा को–को विद्यार्थीहरु उत्कृष्ट ?

वीरगंज, २९ भदौ । "ओजन फर लाइभ" शीर्षक वक्तृत्वकला प्रतियोगीतामा गौतम माध्यामिक विद्यालयका स्पन्दन चौधरी प्रथम, आनन्द चौधरी द्वितीय...

वीरगंज, २९ भदौ । "ओजन फर लाइभ" शीर्षक वक्तृत्वकला प्रतियोगीतामा गौतम माध्यामिक विद्यालयका स्पन्दन चौधरी प्रथम, आनन्द चौधरी द्वितीय र माइस्थान विद्यापीठ की रूपा गिरी तृतीय भएका छन् । प्रतियोगितामा बिजयी प्रतियोगीहरूलाई पुरस्कार तथा मेडल प्रदान गरिएको थियो ।

राष्ट्रिय बाल दिवसको अवसरमा लिभिङ विथ इन्भायोरन्मेन्टले आयोजना गरेको सो प्रतियोगितामा वीरगंजका विभिन्न ११ विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए । प्रतियोगीहरूले आफ्नो मन्तब्यमा ओजनको अवस्थिति, त्यसको काम, मानव जीवनमा त्यसको महत्व, ओजनको संरक्षणकालागि खेल्नु पर्ने भूमिकाका बिषयमा आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा डा. सुष्मा तिवारीले विद्यार्थीले ओजन तहका वारेमा ब्यक्त गरेका बिचारहरू निकै महŒवपूर्ण रहेको बताउनु भयो । विगतलाई स्मरण गर्दै यही उमेरमा आफूहरू यसरी मंचमा चढेर बिचार ब्यक्त गर्न सक्ने भएका थिएनौं भन्दै डा. तिवारीले अहिले भाईबहीनीहरूमा ढुक्कसँग बिचारको प्रस्तुती गर्ने कला देखेर खुशी व्यक्त गर्नु भयो।

कार्यक्रममा जनमत पार्टीका जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफले कार्यक्रम निकै प्रभावकारी रहेको बताए । उनले प्रकृतिको संरक्षणमा आजको युवा पुस्ताले गहन जिम्मेवारी निर्वाह गर्नु पर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमद, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य के.सी.लामिछाने तथा लिभिङ्ग विथ इनभायोरेन्मेन्टका केन्द्रीय सचिव देवेश सर्राफले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

फिरोज अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा इक्वाल हैदर, दिपेश वरनवालले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन आयुष्मा सर्राफले गरेकी थिइन । कार्यक्रममा सहभागी सबै प्रतियोगीलाई सहभागीताकोलागि सम्मान सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा खालिद रेजा अन्सारी,आशुतोष चौधरी, योगिशा श्रेष्ठ, मुस्कान बरनवाल, सोनी साह कलवार, आकाश साह लगायतले भाग लिएका थिए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content