Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

घनघोर वर्षाको कारण पर्सा डुबानमा, सतर्कता अपनाउन विभागको अनुरोध

वीरगंज, १२ असोज । बिहीवारदेखि परेको घनघोर वर्षाको कारण पर्सा जिल्लाको विभिन्न स्थान डुबानमा परेको छ । घनघोर वर्षाको कारण श्रीसिया नदीको जलसत...

वीरगंज, १२ असोज । बिहीवारदेखि परेको घनघोर वर्षाको कारण पर्सा जिल्लाको विभिन्न स्थान डुबानमा परेको छ ।

घनघोर वर्षाको कारण श्रीसिया नदीको जलसतह पार गरेको छ । नदिको सतह पार गरी त्यसको पानी नजिकको बस्तीमा पसेको छ ।

वीरगंजका अधिकांश वडाहरु जलमग्न भएको छ भने घरघरमा पानी पसेको छ । आज बिहान वर्षा केही मत्थर भएपछि मानिसहरु पानी निकास गर्न जोहो गर्न थालेका छन् ।

वीरगंज महानगर प्रमुख राजेशमान सिंहले आज बिहानदेखि नगरको अनुगमन गर्दै सर्वसाधारणलाई सचेत गर्न थालेका छन् ।
श्रीसिया नदीको पानीको बहाव बढीरहेकोले उच्च सतर्कता अपनाउन नगरवासीहरूलाई आग्रह गरेका छन् ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले पर्सा बारावासीलाई सन्देश पठाउंदै बारा जिल्ला स्थित पसाहा खोला, महेशपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरूले सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैबीच अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिवार बिहान ड्यामको ढोका खोलिएको छ ।३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो ।  

नेपाल विद्युत प्राधिकरणको व्याकअपको रूपमा रहेको जलाशय शनिवार बिहान भरिएको थियो । जलाशयको भन्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी सङ्कलन गरिएको थियो । जलाधार क्षेत्रमा लगातार पानी परिरहेकाले ड्यामको ढोका विस्तारै, विस्तारै खोल्नु परेको कुलेखानी प्राधिकरणले जनाएको छ । अहिले प्रतिसेकेन्ड ३ सय क्युसेक पानी फालिएको छ । गत वर्ष कुलेखानी जलाशय भरिएको थिएन अहिलेको वर्ष भरिएको छ । गत वर्ष कुलेखानी जलाशयमा एक हजार ५ सय २६ मिटरमात्र पानी सङ्कलन भएको थियो ।

कुलेखानी जलाशय भरिएको अवस्थामा पानी खपत गर्न कुलेखानीका तीन वटै विद्युत गृह सञ्चालन गरिएको छ। कुलेखानी जलविद्युत आयोजनाबाट १०६ मेगावाट विद्युत उत्पादन हुन्छ ।

कुलेखानी ड्याम भरिएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई शर्तक अपनाउन मकवानपुर प्रशासन कार्यालयले शुक्रवार बेलुका नै सूचना जारी गर्दै अनुरोध गरेको थियो ।

कुलेखानी ड्याम भरिएकाले बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने हुँदा यस क्षेत्रका बासिन्दालाई शर्तक अपनाउन अनुरोध गरिएको हो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content