Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

प्रेमीको मृत्यु, प्रेमिकाले यसरी पुर्याइन जेलमा विष

धनगढी  ३ असोज  । कैलाली कारागारमा युवकको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३१ भदौमा शौचालयमा लडेको अवस्थामा भेटिएका ...

धनगढी  ३ असोज  । कैलाली कारागारमा युवकको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३१ भदौमा शौचालयमा लडेको अवस्थामा भेटिएका घोडाघोडी नगरपालिका–४ का २२ वर्षीय दिपक विकको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले उनकी प्रेमिका भनिएकी १४ वर्षीया किशोरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले ती किशोरीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए । उनै किशोरीलाई जबरजस्ती करणी गरेको मुद्दामा दिपक पुर्पक्षका लागि कैलाली कारागार चलान भएर बन्दी जीवन बिताइरहेका थिए ।

कतिपयले विकको कारागारभित्र कुटपिट गरेर हत्या भएको दाबी गरेपनि घटनाको वास्तविकता भने फरक रहेको प्रहरीको भनाइ छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले प्रारम्भिक अनुसन्धानका क्रममा विकको सलपास नामक विषादी सेवनबाट मृत्यु भएको देखिएको बताए । उक्त विषादी प्रेमिकामार्फत नै विकको हातमा पुगेको अनुसन्धानका क्रममा देखिएको प्रहरीको भनाइ छ ।

प्रहरी स्रोतकाअनुसार विकको ३४ पृष्ठ लामो सुसाइड नोट समेत फेला परेको छ । त्यसमा विकले अब अर्को जुनीमा रमाउने' लेखेको प्रहरी स्रोत बताउँछ ।

अचारको बट्टामा राखेर विषादी पुर्याइन् : प्रहरी

प्रहरीका अनुसार उनीहरुको प्रेम सम्बन्धबारे २०८० को फागुनमा मात्र परिवारले थाहा पाएका थिए । उनीहरु बीचको सम्बन्धलाई लिएर परिवारमा तनाव सिर्जना भएको थियो ।

त्यसपछि किशोरीका परिवारले ८ फागुन २०८० मा इलाका प्रहरी कार्यालय सुखडमा जबरजस्ती करणीमा दिपकविरुद्ध किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका थिए । उनी सोही मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

दिपक कारागार चलान भएपछि किशोरी श्रीमतीका रुपमा उनलाई भेट्न आइरहन्थिन् भने उनीहरुबीच टेलिफोनमा समेत संवाद हुने गरेको थियो । दिपकको कारागार बसाइँ र आफूहरुका कारण पारिवारिक विग्रह भएको भन्दै दुवै चिन्तित थिए ।

पक्राउ परेकी किशोरीले प्रहरीलाई दिएको बयानअनुसार यी कुराले दुवै जना सँगसँगै मर्ने निष्कर्षमा पुगेका थिए । दिपकले नै किशोरीलाई बाहिरबाट विषादी किनेर कारागारमा ल्याउन भनेका थिए ।

२६ भदौमा दिपक विकलाई भेट्न कैलाली कारागार पुगेकी किशोरीले सोही दिन विषादी उनलाई दिएको कुरा खुलेको प्रहरीको भनाइ छ । प्रेमिकाले दिएको विषादी दिपकले ३१ भदौको दिउँसो शौचालयमा गएर सेवन गरेका थिए । उनले कारागारमै रहेका मिल्ने साथी कृष्णलाई विषादी सेवन गरेको जानकारी गराएपछि तत्कालै अस्पताल लगिएको थियो । तर दिपकको ज्यान जोगिएन ।

'त्यो दिन उनकी प्रेमिका तीन वटा कपडा र एउटा प्लाष्टिकको कालो डब्बामा अचार लिएर कारागार भेट्न गएको देखिन्छ । प्रहरीले जाँच गर्दै आचार समेत उनलाई चखाएको रहेछ,' अनुसन्धानमा संलग्न एक अधिकृतले भने, 'तर उनले आचारको डब्बाभित्र पिँधमा प्लाष्टिकमै बेरेर सलपास विषादी भित्र दिन सफल भएको देखिन्छ ।'

सीसीटीभी फुटेजमा देखिएअनुसार प्रहरीले किशोरीलाई चेकजाँच गर्दै चम्चामा निकालेर अचार खान लगाएको देखिन्छ । तैपनि उनी दिपकसम्म विषादी पुर्‍याउन सफल भइन् । 'डिउटीमा रहेका प्रहरी कर्मचारीले किशोरीको शरीर र लत्ताकपडा सबै जाँच गरेको देखिन्छ तर विषादी बरामद भएन,' ती अनुसन्धान अधिकृतले भने, 'कारागारमा परीक्षण गर्ने प्रविधि नभएकाले मानवीय त्रुटीबस विषादी भित्र पुगेको जस्तो छ । थप अनुसन्धान जारी छ ।' प्रहरीका अनुसार किशोरीले पनि अचारको डब्बाभित्र राखेर विषादी दिपकलाई दिएको बयान दिएकी छन् ।साभारः अनलाइनखबर 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content