बाराको पचरौता नगरपालिका वडा -९ कुडवामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय कुडवा विधालयमा भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।विधालयका प्रधानाध्यापक सबिन्द्र सहनीको अध्यक्ष्ातामा भएको शिलान्यास कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री सरोज कुमार यादव रहनु भएको थियो।विशिष्ट अतिथिहरुमा बारा जिल्लाका उत्कृष्ट,पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिंह , पचरौता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी साह ,नेकपा एमालेका नेता बलविर चौधरी ,वडा नम्बर -९का वडाध्यक्ष गगनदेव प्रसाद यादव लगायतका रहनु भएको थियो।अतिथिहरुमा शिक्षा शाखाका सह-संयोजक मुकेश कुमार पटेल ,नेकपा एमालेका युवा नेता भैयाराम सहनी लगायत नेकपा एमालेका नेता कार्यकर्ताको विशेष उपस्थिति रहेको थियो ।यस्तै विधालयका सम्पूर्ण शिक्षक, शिक्षिका ,बिधार्थी तथा अन्य सबै सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।पचरौता नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय विकास गर्दे आएको हो ।प्रमुख अतिथि प्रदेशका भौतिक पुर्वाधार मन्त्री सरोज कुमार यादवले विधालयको भवन शिलान्यास भएर कुडवा बासीको लागि राम्रो सन्देश गएको र प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो।पचरौता नगरपालिकाका मेयर एवम् विशिष्ट अतिथि जलन्धर सिँहले अहिले अाफु केही दिनका लागि मौन भएर काम गरिरहेको बताउनुभयो ।शिक्षामा त्यहीँ मौनताले नै एकदिन अावाज बनेर अाउने पनि मेयर सिँहले बताउनुभयो ।कुडवा विधालयका लागि अाफु पछाडि कहिले नहटेको र सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।पचरौता नगरपालिकाले जिल्लाकै उत्कृष्ट पालिकाको रुपमा काम गर्दे गएका छन् ।


प्रतिक्रिया