Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ ।  मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा, पर्सा, रौ...

वीरगंज, १७ जेठ ।  मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा, पर्सा, रौतहट र सर्लाही गरी ४ जिल्लाका ४ सय ७२ सहकारी सम्पर्कविहीन भएका हुन् ।

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दिएको जानकारी अनुसार यी चार जिल्लमा मात्रै उक्त संख्या बराबरको सहकारी संस्थाहरू हालसम्म सम्पर्कविहीन भएका छन् । जसमा सबैभन्दा बढी सर्लाहीको जिल्लाको एक सय ९२ वटा सहकारीहरू सम्पर्कविहीन रहेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै, बाराका एक सय १२ वटा रौतहटका ८३ र पर्साका ८५ वटा सहकारीहरू सम्पर्कविहीन रहेका छन् । मन्त्रालयका सहकारी विभागका अधिकृत सुनिल थापाका अनुसार यी सहकारीहरू नियमित रूपमा ताकेता गर्दापनि मन्त्रालयमा सम्पर्कमा नआएको, कोपोमिस प्रणालीमा आबद्ध नभएका र केही सहकारी संस्थाहरूसँग सम्पर्कसमेत स्थापित गर्न नसकिएको बताएका छन् ।

मन्त्रालयले पहिलो पटक ०८० साल चैत १८ गते नै ३५ दिने सूचना जारी गरी प्रदेशमा रहेका सहकारी संस्थाहरूलाई मन्त्रालयको सम्पर्कमा आउन आग्रह गरेको थियो । अहिले बिहीवार फेरि अर्काे सूचना जारी गरी बारा, पर्सा, रौतहट र सर्लाही गरी ४ जिल्लाका सहकारीहरूलाई सम्पर्कमा आउन ३५ दिने सूचनामार्पmत आग्रह गरेको छ ।
 
सूचनामार्पmत यस अवधिमा सम्पर्कमा नआउने सहकारी संघ संस्थाहरूलाई मधेस प्रदेश सहकारी ऐन,२०७९ तथा नियमावली २०८० बमोजिम कारबाई प्रक्रियाअघि बढाउने ब्योवहोरासमेत अघि बढाउने चेतावनी दिइएको छ ।

 यसअघि मधेसका ८ जिल्लामध्ये महोत्तरी, धनुषा, सिराहा र सप्तरीका गरी ३१० सहकारीलाई सम्पर्कमा आउन सूचना जारी गरेको थियो । तर,तीमध्ये ६० वटा मात्रै सहकारी आवश्यक कागजातसहित सम्पर्कमा आएका थिए । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content