Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

१६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’

वीरगंज, १५ जेठ । भनिन्छ; धैर्यता र लगनशीलता नै सफलताको पाटो हो । दृढ अठोटका साथ सङ्कल्प गरे कुनै पनि लक्ष्य हासिल गर्न असम्भव हुँदैन । जुन क...

वीरगंज, १५ जेठ । भनिन्छ; धैर्यता र लगनशीलता नै सफलताको पाटो हो । दृढ अठोटका साथ सङ्कल्प गरे कुनै पनि लक्ष्य हासिल गर्न असम्भव हुँदैन । जुन कुरालाई पर्सा जिल्लाका एक सामान्य परिवारका युवाले सिद्ध गरेका छन् । वीरगंज महानगरपालिका वडा नं. २१ ताजपुरका पप्पु कुमार दास लोक सेवा आयोगको परीक्षामा १६ पटक असफल (फेल) भएर पनि अन्ततः प्रहरी निरीक्षक (इन्स्पेक्टर) बन्ने चाहना पुरा गरेका छन् ।

पेशाले किसान रहेका बुवा जादोलाल दास र आमा हरिमती देवीको दाम्पत्य जीवनबाट २०५२ साल वैशाख २ गते सामान्य परिवारमा जन्मेका ''पप्पु' लाई गरिबीले निम्त्याएको अनेकौँ दुःख र कष्टको सामना गर्नु पर्याे । उनका बुवा जादोलाल दाससँग जम्मा ५ कट्ठा खेत थियो । त्यसमा खनजोत गर्दा पनि वर्ष भरी दैनिकी चलाउन समस्या परेपछि निजको बुवाले गाउँ नजिकै परवानीपुर बजार स्थित एउटा घुम्तीमा सानो पान पसल खोले । गरिबी अवस्थामा सानो पान पसलको व्यवसायबाट बुवाले अनेकौँ दुःख कष्ट गरेर जोहो गरी पढाइमा गरेको लगानीलाई खेर नफाल्दै उनका जेठो छोरा राजेश दास सङ्घीय सरकारको शाखा अधिकृत, जेठी बुहारी शारदा कुमारी दास प्राथमिक तहको स्थायी शिक्षिका र कान्छो छोरा पप्पु कुमार दास जनपदको प्रहरी निरीक्षक(इन्स्पेक्टर) बन्न सफल भएका छन् ।

श्री भोज भगत उच्च माध्यमिक विद्यालय लिपनी माल बाराबाट २०६६ सालमा एस.एल.सी उत्तीर्ण गरेर प्रहरी निरीक्षक पप्पु कुमार दास १०+२ तहको अध्ययनका लागि वीरगंजस्थित रहेको हरि खेतान बहुमुखी क्याम्पसमा अङ्ग्रेजी विषय लिएर पठनपाठन सुरु गरे । त्यहाँबाट २०६९ सालमा १०+२ तह पास गरी सोही क्याम्पसबाट २०७२ सालमा शिक्षा सङ्कायबाट अङ्ग्रेजी विषयमा स्नातक तहसम्मको अध्ययन पुरा गरे । बि.एड. (स्नातक तह) अध्ययनकै क्रममा २०७० सालमा सशस्त्र प्रहरी जवान पदको परीक्षामा उचाई अनुसार तौल नपुगेर पहिलो पटक लोक सेवा आयोगको परीक्षामा असफल भए । सोही वर्ष नेपाली सेना सैन्य पदको लागि भाग लिँदा ३.२ किलोमिटरको दौड प्रतियोगितामा पनि असफल भए ।

गरिबीको मारमा दैनिकी गुजारिरहेको बेला लोक सेवा आयोगको आवेदन भर्न र परीक्षामा भाग लिनका लागि चाहिने खर्च जुटाउन सोही वर्ष भएको संविधान सभाको चुनावका लागि खुलेको म्यादी प्रहरीमा आवेदन दिए । तर उतिबेला म्यादी प्रहरीको परीक्षामा समेत फेल भएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पप्पु कुमार दास बताउँछन् ।  

२०७१ सालमा नेपाल विद्युत प्राधिकरण सिनियर मिटर रिडर,  शिक्षक सेवा आयोगको निम्न माध्यमिक तह तथा नायब सुब्बा पदको लिखित परीक्षामा पनि अनुत्तीर्ण (फेल) भए । सोही वर्ष प्रहरी जवान र प्रहरी सहायक निरीक्षक पदको मेडिकल परीक्षामा असफल भएका पप्पु २०७२ सालमा नेपाली सेना सैन्य पदमा पहिलो पटक नाम निकालेर सिफारिस भई सफलता पाए । तर नाम निस्किदा अब ठुलो पदमा पनि सजिलै सफलता पाउन सकिने आँट गरिसकेका पप्पु नेपाली सेनाको सैन्य पदको सिफारिस हुँदा पनि गएनन् ।

लोक सेवा आयोगको तयारी सुरु गरेको तेस्रो वर्ष २०७३ सालमा नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा नाम निकाल्न सफल भए । सेना पद छोडेर असई बनेका पप्पुलाई प्रहरी अधिकृत बन्ने चाहना पलायो । सोही वर्ष आफूले प्रहरी निरीक्षक पदका लागि फारम भरे, तर परीक्षामा सहभागी हुन नपाएको इन्स्पेक्ट पप्पु कुमार दास बताउँछन् । ड्युटिसंगसंगै प्रहरी अधिकृत बन्ने चाहनाले सहायक प्रहरी निरीक्षक भएको बेलादेखी निरन्तर ५ सालको मेहन्तले अन्ततः २०७९ साल सबै चरणको परीक्षा उत्तीर्ण गर्दै नेपाल प्रहरी अन्तर्गत  प्रहरी निरीक्षक (इन्स्पेक्टर) बन्न सफल भए ।

लोक सेवा परीक्षाको तयारी गर्दै ९ वर्षको अवधिमा १६ पटक परीक्षामा असफल (फेल) भएका पप्पु दास अहिले प्रहरी निरीक्षक बनेर नेपाल प्रहरी विशेष सुरक्षा, गण रातामाटे हेटौँडामा कार्यरत छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content