Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश सदस्यमा पन्त निर्वाचित

रास्वपा पर्साबाट प्रदेश कमिटीमा हरि पन्त निर्वाचित वीरगंज, २४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश सदस्यमा होटल तथा पर्यटन ब्यवसायी ...

रास्वपा पर्साबाट प्रदेश कमिटीमा हरि पन्त निर्वाचित
वीरगंज, २४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश सदस्यमा होटल तथा पर्यटन ब्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्त निर्वाचित  भएका छन ।  

पर्सामा रिक्त रहेको दुर्ई प्रदेश सदस्य पूर्तिको लागि हिजो अबेर बिन्दवासिनी मन्दिरको सभाहलमा सम्पन्न राष्ट्रिय  स्वतन्त्र  पार्टीको आन्तरिक निर्वाचनमा हरि पन्त र सुदिश प्रजापतिसमेत निर्वाचित भएका हुन ।

प्रदेश सदस्यको लागि भएको आन्तरिक चुनावमा शुरूमा १४ जना योग्यता पुगेका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराए पनि पछि सहमतिको वातावरण निर्माण गर्न छ जना उम्मेदवारहरूले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । अन्तसम्म कोशिश गर्दा पनि बाकीले उम्मेदवारी फिर्ता लिन नमानेपछि  हरि पन्त, सुदिश प्रजापति, दिपराज पटेल, मुरली जलान र राम सुन्दर आर्य लगायत ८ जनाले आआफ्नो उम्मेदवारी कायम राखेका थिए ।

पर्साको चारैओटा निर्वाचन क्षेत्रको निर्बाचित क्षेत्रीय पदाधिकारीहरू, जिल्लामा गठन भएका पालिका पदाधिकारीहरू र पर्साबाट निर्वाचित प्रदेश प्रतिनिधिहरू गरि २८ मतभार (मतदाता) रहको निर्वाचनमा ३ मतदाता भने अनुपस्थित रहेका थिए ।

कुल खसेको मतमा सम्पूर्ण २५ मत सदर भएको थियो । जसमध्ये  लगभग दुर्ई तिहाइ सर्वाधिक १७ मतभारद्वारा हरि पन्त निर्बाचित भएका थिए ।

यता अर्का निर्बाचित प्रदेश सदस्य सुदिश प्रजापति १० मतभार पाएर बिजयी भएका थिए ।  पराजित उम्मेदवारहरूमा दिपराज पटेलले ९ मत प्राप्त गरे भने अर्का पराजित उम्मेदवार मुरली जलानले भने ६ मत मात्र प्राप्त गरेका थिए ।  त्यसैगरि राम सुन्दर आर्यले ४ मत प्राप्त गरे भने अर्का २ उम्मेदवारहरूले १–१ मत प्राप्त गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बिधान अनुरूप पार्टीको जिल्ला संयोजक बन्न सम्बन्धीत जिल्लाको निर्वाचन  क्षेत्र, गठित पालिका पदाधिकारी र निर्बाचित प्रदेश प्रतिनिधिहरू द्वारा प्रदेश कमिटि सदस्यमा निर्बाचित  भएर आउनै पर्ने बाध्यकारी हुन्छ ।

निर्वाचन सम्पन्न गराउन केन्द्रिय संगठन बिभागका सचिव शंकर श्रेष्ठ, केन्द्रिय सदस्य डा नन्दन यादव, मधेस प्रदेश सभापति इ. तपेश्वर यादब, प्रदेश महामन्त्री मनिष साह, प्रदेश प्रबक्ता, कोषाध्यक्ष  र जिल्लाका संयोजक उपसंयोजक लगायतका केन्द्रिय, प्रदेश र जिल्लाका पदाधिकारी हरू वीरगंज आएका थिए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content