अजय यादव वियोगी
कलैया ,बारा ।
नयाँ वर्ष-२०८१ को शुभ अवसरमा आज आजपा द्वारा बारा क्षेत्र-२ को विभिन्न पालिकामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।करैयामाई गाउँपालिकाको, करैया महागढीमाई नगरपालिकाको सेमरा तेगछिया , सुवर्ण गाउँपालिकाको औरैया-५ बजार , देवताल गाउँपालिकाको पिप्राढी र पचरौता नगरपालिकाको पिपरपाती लगायतका गाउँमा भेटघाट तथा शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा सहभागीहरुले धोखेवाज नेता एवं लुटकारी ब्यवस्थाको विरुद्ध निर्णायक आन्दोलन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । आम जनता पार्टीका केन्द्रीय अध्यक्ष एवम् साँसद प्रभु साहको प्रमुख आतिथ्य उक्त कार्यक्रमहरु सम्पन्न भएको आम जनता पार्टी बारा क्षेत्र -२ एकाई कमिटीले जानकारी दिएका छन् ।कार्यक्रममा आम जनता पार्टीका उपाध्यक्ष अशोक लामा, महासचिब त्रिभुवन साह, युवा नेता विजय यादव निर्विज ,प्रदेश अध्यक्ष उमेश कुशवाहा लग़ायतका नेताहरुको बिशेष उपस्थितिमा उक्त शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।क्षेत्र नम्बर -२ मा भएको सबै ठाउँको कार्यक्रममा साँस्कृतिक कार्यक्रम पनि भएको थियो ।
प्रतिक्रिया