Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

विवाह मण्डपबाट दाईजोको बहानामा प्रकाउ परेका बेहुला उमेश साह गोढ २ बर्ष देखि प्रेम सम्बन्धमा रहेको परिवारजनको भनाई ,विहे हुन नदिने षड्यन्त्र भएको कलैयाका समाजसेवीहरुको ठम्याई "

अजय यादव वियोगी  कलैया ,बारा ।  "विवाह मण्डपबाट दाईजोको बहानामा प्रकाउ परेका बेहुला उमेश साह गोढ २ बर्ष देखि प्रेम सम्बन्धमा रहेको परिव...
अजय यादव वियोगी 
कलैया ,बारा ।
 "विवाह मण्डपबाट दाईजोको बहानामा प्रकाउ परेका बेहुला उमेश साह गोढ २ बर्ष देखि प्रेम सम्बन्धमा रहेको परिवारजनको भनाई ,विहे हुन नदिने षड्यन्त्र भएको कलैयाका समाजसेवीहरुको ठम्याई "


बाराको कलैया उपमहानगरपालिका -४ घर भएका  बेहुला (दुल्हा ) उमेश साह गोढ र बिरगंज महानगरपालिका -२४ रामगढवा निवासी रमिता कुमारी साहको व‌ैवाहिक चर्चा अहिले चरम सिमामा पुगेका छन् ।यहीँ मिति २०८० फाल्गुन २८ गते विवाह हुने सुनिश्चित भएको र सोही अनुसार विवाहको सबै रसम पूरा भएर पनि विवाह हुन सकेको छैन ।मधेसमा जब वैवाहिक सम्बन्ध टुटछ त्यतिबेला दाइजो (अर्थात दहेज) जोडिएर आउने गरेको हो ।विवाहलाई अहिले सामान्य बनाएकाले यस्तो सुन्दै नसुन्नेको घटना बाहिर आईरहेको छ। पर्सा र बारा छिमेकी जिल्ला हो ।त्यसमा पनि कलैया र बिरगंजको सम्बन्ध अहिले धेरै  नजिक रहेको छ ।बाराको सदरमुकाम कलैया देखि  पर्साको सदरमुकाम बिरगंज १२/१३ किलोमिटर मात्र हो अनि यति थोरै  दुरीको विहेमा बबाल हुनु मात्र विवाह नहुनु दुखद भएको नागरिक समाजका अगुवाहरुले प्रतिक्रिया दिन थालेका छन् ।कलैया उपमहानगरपालिका -४ घर भएका बेहुला २८ बर्षिय उमेश साह गोढ ,बच्चालाल साह गोढका छोरा हुन ।उनले बिरगंज महानगरपालिकाका करारमा कम्प्युटर अपरेटर्स रहेको बेहुलाका आमा राधिका देवी साह गोढले  श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईन ।बेहुली अर्थात दुल्हिन बिहेको दिन सम्म कुराकानी गरेको  २ बर्ष देखि प्रेम सम्बन्ध रहेको केटीले कसैको दबाबमा विहे नै रद्द  गर्न लागेको आरोप लगाईन  दाईजो  अर्थात (दहेज)कुराकानी केही नभएको  केटी पक्षले जति सके त्यति मात्र दिएको र आफुहरु खुशीराजीले बिहे धुमधामसँग गराउन खोजेको पनि वहाँले बताईन ।प्रेमको सम्बन्धमा छोराले भने माँ म कुनै केटी प्रेम गर्छु म उसैसँग विहे गर्छु भनेपछि कुन जातिको ,कुन देवता हो भने पहिले नै सोधेको पनि बेहुलाकि आमा राधिका देवी साहले बताईन ।त्यसपछि हुने बुहारीसँग छोराले कुराकानी गराएको आफ्नो देवता पनि सोही रहेको स्वीकार गरेकोले अहिले कति कारणले ,कसको दवाबमा त्यो केटीले पनि दाईजोको कुरा निकालेको थाहा नभएको बताईन ।जन्ती जानुभन्दा अगाडि यतस राम्रो सम्बन्ध कन्या निरिक्षणमा टन्टासाफ भएको प्रति धेरैले खेद प्रकट गर्न थालेका छन् दाइजो लिनु र दिनु दुवै कानुनी अपराध हो ।त्यो अपराध गर्ने जो सुकैलाई कानुनी दायरामा ल्याउनु जरुरी हो ।तर प्रेम गरेर विहे गर्ने यस्ता जोडीको विहे नै रद्द भएपछि दुवै घरवारपरिवारमा रुवावासी नै चलेको हो ।यता २८ गतेको राति देखि रुदै आएका बेहुला पक्षको घरमा खाना समेत बन्न समेत छोडिएको हो ।५ जनालाई प्रहरीले हिरासतमा लिई २ दिनको म्यादको खबरले पूरा पाहुन समेत  अाकुल पाकुल भएका हुन ।यता बिरगंज महानगरपालिका -२४ रामगढवा निवासी सुखल साह गोढिकि २४ बर्षिय छोरी  रमिता  कुमारी पनि केही मिडिया बोले पनि अहिले मिडिया अाउन चाहेकि छैन ।सत्य के हो बुझ्न खोज्दा समेत सम्पर्क हुन सकेको छैन ।रमिता कुमारीले चलाउने गरेकि मोबाइल नम्बर ९८२५२२४९०८ मा सम्पर्क गरेर बुझ्दा रमिता कुमारी घरमा नभएको  र म उसको फुवाको छोरी बोलेको दिदीसँग कुराकानी हुन नसकेको बताएकि हुन ।यता बिहेको नभएको र दाईजो कुरा गल्ती भएको  अापसी २ जनाको मनमुटावले बिहे हुन नसकेको कलैया उपमहानगरपालिका वडा नम्बर -४ का पुर्ववडाध्यक्ष एवम् चर्चित समाजसेवी मिश्री जटाशँकर सहनीले बताउनुभयो ।उहाँले भन्नुभएको कि म अाफै जन्ती गएको र भनाभन भएपछि दाइजो कुरा निकालेर विवाह रद्द गराएको बताउनुभयो ।अहिले पनि अाफूहरु विहेकै पक्षमा रहेको र धुमधामसँग विहे हुनुपर्ने र सन्देश राम्रो जानु अावश्यकता रहेको चर्चित समाजसेवी सहनीले बताउनुभयो ।यता बिहे हुन नदिने षड्यन्त्र भएको र विभिन्न बहानाबाजी बनाईएको ,जन्तीलाई कुटपिट गरेको शरीर बन्धक मुद्दा लाग्ने डरले बेहुली पक्ष अहिले दाइजो बहाना निकालेको कलैयाका चर्चित समाजसेवी डा.सुशील साहले बताउनुभयो ।कानुनमा दुवैले दाईजोको कुराकानी गरेकाले दुवै दोषी भएकोमा प्रहरीले बेहुला पक्षलाई समात्नु कानुनी सहमत नभएको बताउनुभयो ।अहिले रस्साकस्सीमा यो घटना चलिरहेको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content