Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"बाराको १६ पालिकामध्ये उत्कृष्ट पालिका पचरौता नगरपालिका र उत्कृष्ट मेयरमा जलन्धर सिँह

अजय यादव वियोगी  कलैया ,बारा । "बाराको १६ पालिकामध्ये उत्कृष्ट पालिका पचरौता नगरपालिका र उत्कृष्ट मेयरमा जलन्धर सिँह "  शासन सत्ता...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"बाराको १६ पालिकामध्ये उत्कृष्ट पालिका पचरौता नगरपालिका र उत्कृष्ट मेयरमा जलन्धर सिँह "
 शासन सत्ता राम्रो भए जनताको जीवनमा सुधार हुन्छ ।शासन सत्ता यति खराब हो भने जनताको बेहाल हुन्छ।अहिले संघियतामा ठिक त्यस्तै प्रकारले भएको हो ।हचुवाको भरमा ल्याईएको संघियताको कमि कमजोरी अाफ्नो ठाउँमा छ तर अहिले पहिलो स्थानीय तहको चुनाव पछि दोस्रो पटकको स्थानीय चुनावमा जितेका केही जनप्रतिनिधिहरुको कहानी कहालीलाग्दो भएको बेला बारामा भन्ने विभिन्न उतारचढाव भएको देखिएको हो ।लामो र ठुलो जिल्लाको रुपमा रहेको बारा जिल्ला विभिन्न दृष्टिकोणले मजबुत रहेको र राजनीति उथलपुथल कारण बाराबासीले दु:ख पाएको बेला अहिले सम्म जनताले चाहे बमोजिमको काम हुन सकेको छैन ।देशमा विभिन्न आन्दोलन भएर शासन व्यवस्था बदलिएको हो ।सोही अनुरुप विभिन्न संरचनामा आएकोमा अहिले बारामा विभिन्न भौतिक पुर्वाधारको कामले चर्चा पाईरहेको बेला पचरौता नगरपालिकाले छुट्टै पहिचान बनाउँदै गएका छन् ।विगतमा नेतृत्वकै कारण बाराकै सबैभन्दा बढी विवादित भएका बाराको कान्छो नगरपालिका पचरौता अहिले सुधार गर्दै गएकोमा पचरौताबासी हर्षित बन्न पुगेका छन् ।सुरुमा स्थानीय तहमा आएका नेतृत्व पंक्तिको राजनीति पृष्ठ     भूमि नभएका कारण अनेकन झमेला सहेका पचरौताबासीको काम अहिले  सरल र सहज ढंगले भईरहेको छ।।बारा जिल्लामा रहेको १६ पालिका मध्ये पचरौता पहिलो नम्बर अर्थात १ नम्बर अहिले काम गरेर चर्चा बटुलिरहेका छन् ।विभिन्न बाधा अवरोधको बिच पचरौता नगरपालिकाले जनताको सजिलै ढंगले गरेर ईतिहास रच्न खोजेका छन् ।विगतमा जनताले विभिन्न संकट झेलेकाहरुले नयाँ नेतृत्वले खुशी र गदगद भएका छन्।पचरौता नगरपालिकामा अहिले ९ वटा वडाहरु रहेका छन् ।जसमध्ये सबैमा अहिले समावेशी ढंगले काम भएको ,कर्मचारी व्यवस्थापनले जिल्लाकै उत्कृष्ट पालिका बन्न पुगेका छन् ।बाराको सदरमुकाम कलैयामा पुर्व र दक्षिणमा रहेका पचरौता नगरपालिकाले खडेरी परेका बेला पानी वितरण गरेर जनताको नैसर्गिक हकको आभास गराएका थिए।पचरौता नगरपालिकामा अहिले भनसुनको अाधारमा नभई कानुनको अाधारमा काम हुने गरेका छन् ।बाराको १६ पालिकामध्ये पहिलोपटकको चुनाव पछि अाएका जनप्रतिनिधिहरु बिच तालमेल नहुँदा केही काम हुन नसकेको र अहिलेका जनप्रतिनिधिहरुले शुन्यबाट काम गर्नुपरेको बताउने गरेका छन् ।पचरौता नगरपालिका बाराको उत्कृष्ट पालिकाको रुपमा काम गर्दै गएको विभिन्न संघ,संस्थाको सर्वेक्षणले देखाएका छन् ।विभिन्न दृष्टिकोणले सर्वे गर्दा पचरौता पहिलो नम्बरमा परेको राईजिङ्ग नेपाल संस्थाका अध्यक्ष एवम् समाजसेवी अशोककुमार यादवले बताउनुभयो ।बाराको १६ पालिका मध्ये पचरौता संवेदनशील भएर काम गरिरहेको समेत वहाँले बताउनुभयो ।पचरौता नगरपालिकाका मेयर जलन्धर सिँहले अहिलेसम्म सेफ ल्याण्डिङ्ग गरेर शासन समेत चलाएकोले केही विवाद नभएको  संस्थाका अध्यक्ष यादवले बताउनुभयो ।बारामा १६ पालिका मध्ये २ उपमहानगरपालिकाहरु रहेका छन् ।५ नगरपालिका र ९ गाउँपालिका गरि कुल १६ पालिकाहरु रहेका छन् ।बाराको पचरौता नगरपालिकाका मेयर १६ पालिका प्रमुखमध्ये उत्कृष्ट भएर काम गर्दे गएको बाराबासीको ठम्याई रहेको छ।राजनीति पृष्ठबाट उदाएका जलन्धर सिँह अहिले पचरौता नगरपालिकाका मेयर चर्चा बटुल्न सफल भएका छन् ।विभिन्न बाधा अवरोध भईरहने पचरौतामा अहिले जनतालाई सबै सुविधा दिलाउन सफल भएका छन् ।बिधार्थीकाल देखि राजनीति गर्दे अाउनु भएर मेयर सिँह  बिरगंजमा रहेको ठाकुर बहुमुखी क्याम्पसमा पनि नेतृत्व गरेर बिधार्थीमाझ लोकप्रियता बटुल्न सफल भएका थिए ।पहिलोपटकको स्थानीय तहको चुनाव झिनो मतले पराजित भएका जलन्धर सिँह ,दोस्रोपटक पटको  स्थानीय तहमा चुनाव जितेर ईतिहास रच्न सफल भएका छन् ।चौतर्फी लडाइँमा विजयी हासिल गरेर अहिले जनतासँग बाँडेका घोषणापत्र अनुसार काम गर्दे गएका छन् ।श्री गढीमाई राष्ट्रिय दैनिकसँग संक्षिप्त कुराकानी गर्दे पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहले भने अहिले म विभिन्न खाकाहरु ,बनाएर ,गुरु योजना मार्फत पालिकालाई उत्कृष्ट र नमुना पालिका बनाउनमा लागि परेको बताउनुभयो ।अहिले नै मुल्यांकन गर्ने बेला भएको छैन ।भत्ताभुतुङ्ग ,लथालिङ्ग रहेको पालिका अवस्थाको सुरुवाती समस्या भए पनि अब केही सुधार भएको र कर्मचारीलाई पनि मनोबल बढाएर काम गराएको मेयर सिँहले बताउनुभयो ।९ वटा वडामा विभिन्न संरचना बनाउने काम भईरहेको बेला  शिक्षा र स्वास्थ्यमा अलग पहिचान बनाएको समेत मेयर सिँहले बताउनुभयो ।सबै माविलाई एक नजरले हेरि अरुभन्दा नमुना  बनाएको स्वास्थ्य क्षेत्रमा बर्थिङ्ग देखि लिएर अाकस्मिक सेवा समेत उपलब्ध गराउनको निमित्त काम भईरहेको मेयर सिँहले बताउनुभयो।मेयर सिँहले अाफ्नो पालामा सञ्चारकर्मी तथा सञ्चार माध्यमले जे जति काम भएको त्यो निर्धक्कसँग बोल्ने ,लेख्ने वातावरण समेत बनाएको पचरौता नगरपालिकाकम मेयर एवम् प्रखर वक्ता  जलन्धर सिँहले बताउनुभयो ।अहिले करोडौं बजेट राखेर विभिन्न क्षेत्रमा काम भईरहेको पचरौता नगरपालिका प्रशासनले जानकारी दिएका छन् ।यता सधैं नगरपालिकाको बारेमा पत्रकार मार्फत ,सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट जनता सुचना दिदै अाएको पचरौता नगरपालिका वडा नम्बर -५ का वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता लक्ष्मी यादवले श्री गढीमाई राष्ट्रिय द‌ैनिकलाई बताउनुभयो ।पहिला पनि अाफू वडाध्यक्ष भएको अहिले वडाध्यक भएकोमा पहिलाभन्दा सयौं गुणा राम्रो काम भईरहेको प्रवक्ता यादवले बताउनुभयो।पचरौता नगरपालिकाका सबै कर्मचारीहरुलाई कडाइका साथ नियम पालन समयमा कार्यालयमा अाउने निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत महेश कुमार मिश्रले बताउनुभयो ।यता नगरपालिकाका प्रशासन शाखा प्रमुख गौरी साहले काम गर्न अटेरी गरेका कर्मचारीलाई कारवाही गर्न पछि नपर्ने बताउनुभयो ।जनताको कामको निम्ति अाफूहरु सधैं तयार रहेको प्रशासन शाखा प्रमुख साहले बताउनुभयो ।प्रशासन शाखा प्रमुख गौरी साह निम्ति प्रमुख प्रशासकीय अधिकृत हुँदा २०७५ /३/३० गते पचरौता राजपत्र प्रकाशित भएको थियो । पचरौता नगरपालिकाका मेयर जलन्धर सिँह  सुपरजोन जस्ता ठुला योजना चलाएको र स्वतन्त्र प्रदेश सभा सदस्यको उम्मेदवार भएर अनुभव बटुलेकाले जनताको दर्द बुझेको पचरौता -३ घर भएका दिनेश प्रसाद पटेलले बताउनुभयो । पचरौता नगरपालिकामा अहिले शिक्षामा धेरै सुधार भएको शिक्षा सह-संयोजक मुकेश कुमार पटेलले बताउनुभयो।बारामा पहिलो नम्बरमा पचरौता ,दोस्रोमा कलैया उपमहानगरपालिका र तेस्रो नम्बर निजगढ नगरपालिकाले काम गरिरहेका छन् ।भने खराब पालिकाको रुपमा पहिलो देवताल गाउँपालिका ,दोस्रोमा सुवर्ण  र तेस्रोमा परवानीपुर गाउँपालिका रहेका छन् ।जनताको भलाई गरे जनताले नेता भलाई गर्ने पनि अाम जनताको ठम्याई रहेको छ । 


  


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content