Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराको पचरौता नगरपालिकामा ईन्जिनियरले काम गर्न नसकेपछि पालिका अहिले एक्सनमा ,कर्मचारी रिएक्सनमा"

अजय यादव वियोगी  कलैया ,बारा । "बाराको पचरौता नगरपालिकामा ईन्जिनियरले काम गर्न नसकेपछि पालिका अहिले एक्सनमा ,कर्मचारी रिएक्सनमा"  ...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"बाराको पचरौता नगरपालिकामा ईन्जिनियरले काम गर्न नसकेपछि पालिका अहिले एक्सनमा ,कर्मचारी रिएक्सनमा" 


  


बाराको पचरौता नगरपालिकामा अहिले कर्मचारीहरुले डिजाईनमा काम गर्न थालेको रहष्य बाहिर आएको छ।ईन्जिनियरले उपभोक्तासँग रकम माँगेको घटना बाहिर लगत्तै पालिकाले एक्सनमा काम गर्न सबैलाई निर्देशन गरेको भएपनि केही कर्मचारीहरुले पुरानै डिजाइन र शैलीमा काम गरिरहेकोले सुधार गर्नुपर्ने अावश्यकता रहेको पालिकाका कर्मचारीहरुले बताएका छन् ।नयाँ नेतृत्वमा जबदेखि अाएको केही न केही विवाद हुदै अाएको पचरौताबासीहरुले बताएका छन् ।यता पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहले अाफूलाई भ्रष्टाचारको "भ"पनि सहन नहुने र नगरपालिकामा शुन्य सहनशीलताको अाधारमा काम भईरहेको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।उपभोक्ता समितिका केही सदस्यहरुले केही दिन अगाडि देखि  काम गरेको र सो घटनामा अाफ्नो नाम मुछेर कर्मचारीहरुले जनतालाई भ्रमित तुल्याउन खोजेको मेयर सिँहले बताउनुभयो।नगरपालिकाले पहिला भन्दा राम्रो काम गर्दे गएको र सबैलाई सम्मानका साथ नगरपालिकाले हेरेको पनि मेयर सिँहले बताउनुभयो ।यता पचरौता नगरपालिकाका प्रवक्ता लक्ष्मी यादवद्वारा जारी प्रेस विज्ञप्तिमा अनेकन संगठनले निकालेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको हो।
नेपाल इन्जिनियर्स एशोसियसन प्रादेशिक केन्द्र मधेश प्रदेश, जनकपुरधामको मिति २०८०/११/०३ र नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्य समिति बारा, कलैयाको च.न.११ मिति २०८०/११/०३ गतेको समेत प्रकाशित बिज्ञप्ति सम्बन्धमा यस नगरपालिकाको गम्भिर ध्यानकर्षण भएको छ ।
नेपाल सरकारका कर्मचारीले कानुन बमोजिमको आफ्नो काम, कर्तव्य र जिम्मेवारी इमान्दारीका साथ स्वच्छ रुपमा सम्पादन गर्नु पर्ने हुन्छ, तर यस कार्यालयका ई. निवेश कुमार चौधरीले कलावंजरमा माइब्रहम बावाको मन्दिर देखि मेन रोड सम्म सडक ढलान योजना लगायत अन्य समेत योजनाको लागत इस्टिमेट तयार गरे बमोजिम ति योजनाका उपभोक्ता समितिले कार्यदेश दिई लागत इस्टिमेट बमोजिमको कार्य सम्पन्न गरि सकेकोमा निज ई. निवेश कुमार चौधरीले उपभोक्ता समितिलाई करिव २ महिना देखि मुल्याकंनको लागि आज भोलि गर्दै आलटाल गरेकोमा उपभोक्ता समितिले सोधपुछ गर्दा ई. निवेश कुमार चौधरीले आफुलाई १० प्रतिशत रकम दिईएमा मात्र मुल्याकंन गर्ने भनि भनेको र सोहि सम्बन्धमा मिति २०८०/११/०१ गतेका दिन ई. निवेश कुमार चौधरी र उपभोक्ता समितिका सदस्यहरु वीचमा भनाभन भएको हो । यसरी उपभोक्ता समितिले कार्यालयको लागत इस्टिमेट बमोजिमको काम गरेता पनि आर्थिक लोभको कारणले ई. निवेश कुमार चौधरीले आलटाल गरि आफ्नो पदिय जिम्मेवारी बमोजिमको कार्य नगरी अनावश्यक रुपमा उपभोक्ता समितिलाई अनावश्यक दुख दिने काम गरेकोले सत्य तथ्य छानविन गरि ई. निवेश कुमार चौधरीलाई कानुन बमोजिमको कारवाही गर्नका लागि सम्वन्धित निकाय संग जोडदार माग गर्दछौ ।साथै ई. निवेश कुमार चौधरी बारम्बार बिना जानकारी हप्तौं सम्म सम्पर्क बिहिन रहने गरेकोले यस कार्यालयको कामकाज समेत प्रभावित हुने गरेको व्यहोरा यसै विज्ञप्ति मार्फत सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छौ।भनेर नगरपालिकाका प्रवक्ता लक्ष्मी  यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।नगरपालिकाको नियमित भईरहेको कर्मचारीहरुले बताएका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content