Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

आधाभारमा दुर्घटना दुईजनाको मृत्यु, चारजना घाइते

वीरगंज, ९ माघ । बाराको आधाभारमा सडक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । आज बिहान ५ः३५ बजे  बारा, जीतपुर सिमरा ...

वीरगंज, ९ माघ । बाराको आधाभारमा सडक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

आज बिहान ५ः३५ बजे  बारा, जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ आधाभार जंगलमा सिमराबाट हेटौडा जादै गरेको ना ६ ख ३३५२ नं.को ट्रक र हेटौडाबाट पथलैया  आउदै गरेको बा.प्र.०१–०२६ च १३३४ नं.को बोलेरो पिकअप एकआपसमा ठोकिदा बोलेरोमा सवार ५ जना गम्भीर घाइते भएका थिए ।

घाइते भएका नुवाकोट, बिदुर नगरपालिका वडा नं.९ कोल्नी बस्ने वर्ष ३० को सुजन मगराती र भारत, बिहार राज्य, मोतिहारी जिल्ला, मधुवन थाना ग्राम कुन्दनपुर बस्ने  वर्ष २८ को चन्दन चौहानको एसएल न्यूरो अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

दुर्घटनामा भारत, बिहार राज्य, मजफ्फरपुर जिल्ला, परखना मोतिपुर थाना, दरूराज ग्राम सिसुवा बस्ने महेश चौधरीको छोरा वर्ष २२ को राहुल चौधरी, बिहार राज्य, महाराजगंज जिल्ला, गोरखपुर बस्ने बलिराम चौहानको छोरा वर्ष १७ को सुदिप चौहान, सुरेश चौहानको छोरा वर्ष १९ को राम लखन चौहान, बारा, परवानीपुर गाँउपालिका वडा नं. ४ चैनपुर हाल जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२ हुलास टोल बस्ने रघुनाथ राउत कुर्मीको छोरा वर्ष ३० को रवि पटेल घाइते भएका छन् । घाइतेहरुको एसएल न्युरो अस्पतालमा उपचार भइरहेको जिप्रका, बाराले जनाएको छ ।
ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content