Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

यस वर्षको गोतामे पत्रकारिता पुरस्कार बद्री विनोद प्रतीकलाई दिने निर्णय

वीरगंज, १४ माघ । यस वर्षको गोतामे पत्रकारिता पुरस्कार कास्की जिल्लाको पोखरा महानगरपालिका निवासी पुराना पत्रकार बद्री विनोद प्रतीक (खनाल)लाई ...

वीरगंज, १४ माघ । यस वर्षको गोतामे पत्रकारिता पुरस्कार कास्की जिल्लाको पोखरा महानगरपालिका निवासी पुराना पत्रकार बद्री विनोद प्रतीक (खनाल)लाई प्रदान गर्ने निर्णय भएको छ । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानको शनिवार सम्पन्न बैठकले यस वर्षको पुरस्कार प्रतीकलाई प्रदान गर्ने निर्णय भएको सचिव हिमालचन्द्र गौतमले बताए ।
 
एक तोला सुनको तक्मा रहेको सो पुरस्कार पत्रकार गोपालचन्द्र गौतमको पुण्यतिथि फागुन २ गते प्रदान गरिने छ । प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । पुरस्कृत हुने पोखराका पत्रकार पाँच दशकदेखि नेपाली पत्रकारितामा सक्रिय रहँदै आएका छन् ।
 
पत्रकार प्रतीक २०३१ सालदेखि उनी अभियान साप्ताहिकबाट पत्रकारिता गर्दै आएको र अहिले पोखरा हटलाइनको प्रधान सम्पादक हुन् भने कास्की जिल्लाको विभिन्न क्याम्पसमा पत्रकारिता अध्यापन गराउँदै आएका छन् ।
 
स्व गौतमको सम्झनामा प्रतिष्ठानले २०६८ सालदेखि यो पुरस्कार निरन्तर वितरण गर्दै आएको छ । पहिलो पुरस्कार रू १० हजार राशिबाट शुरू भएको पुरस्कार २०७२ सालदेखि आधा तोला सुनको तक्मामा परिणत भएको थियो भने २०७५ सालदेखि एक तोला सुनको तक्मामा परिणत भएको छ । अहिलेसम्म यो पुरस्कार मकवानपुरका पत्रकार प्रताप विष्ट, विराटनगरका पत्रकार मोहन भण्डारी, बुटवलका पत्रकार डिआर घिमिरे, राजविराजका पत्रकार शिवहरि भट्टराई, झापाका पत्रकार स्व मदन ढकाल, पाल्पाका पत्रकार मेघराज शर्मा, सप्तरी (कञ्चनपुर)का पत्रकार भोला पासवान, भैरहवाका पत्रकार अर्जुन ज्ञवाली, झापाका पत्रकार केशव आचार्य, धनुषाकी पत्रकार मनिका झाले प्राप्त गरिसकेका छन।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content