Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

वीरगंजमा माघी महोत्सव भव्यरुपमा मनाउने तयारी

वीरगंज, २९ पुष । वीरगंजमा थारू समुदायले माघे संक्रान्ति भव्यरुपमा मनाउने तयारी गरिएको छ । माघी समारोह आयोजक समितिले आइतवार वीरगंजमा पत्रकार ...

वीरगंज, २९ पुष । वीरगंजमा थारू समुदायले माघे संक्रान्ति भव्यरुपमा मनाउने तयारी गरिएको छ । माघी समारोह आयोजक समितिले आइतवार वीरगंजमा पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो ।

थारुहरुको नयाँ वर्ष खिँचडी अर्थात माघी पर्ब सोमवार वीरगंजको पूरानो बसपार्कमा माघी समारोह आयोजना गरिने भएको छ । थारू समुदायको नयाँ वर्ष थारू सम्वतः २६४८ को शुभकामना आदानप्रदान, भाषा तथा सास्कृंतिक कार्यक्रमसमेत गरिने समितिका संयोजक शेखर चौधरीले बताए ।

सोमवार माघ १ गते बिहान वीरगंजको घण्टाघरदेखि पुरानो बसपार्कसम्म थारू सस्ंकृति झल्कने झाँकीसहित प्रभातफेरी निकाल्ने र पूरानो बसपार्कमा औपचारिक कार्यक्रम राखिने संयोजक थारूको भनाइ छ ।

पत्रकार सम्मेलनमा थारू कल्याणकारी सभाका केन्द्रीय सदस्य ननदकिशोर पञ्जियार, प्रचार प्रसार संयोजक शम्भु महतो थारू, दिपेन्द्र चौधरी, बिजया ओझैया, मनोज चौधरी लगायतको सहभागीता थियो । कार्याक्रमको सञ्चालन पुनम चौधरीले गरेका थिइन् ।

यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ खैर्वा खेल मैदानमा आइतवारदेखि दुर्ई दिन थारू माघी (तिला संक्रान्त) संस्कृति उत्सव शुरू हुँदैछ । उत्सवको एक कार्यक्रमकाबीच मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले उदघाटन गर्नेछन् ।

यसैबिच पर्सा जिल्लाका पाँच स्थानमा यसवर्ष माघी महोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरिएको छ । वीरगञ्ज महानगरपालिकासहित पर्साको पटेर्वासुगौली गाउँँपालिका, जीराभवानी गाउँँपालिका, पर्सागढी नगरपालिका र सखुवाप्रसौनी गाँउपालिकामा माघी महोत्सव मनाउने तयारी भईरहेको हो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content