वीरगन्ज २२ मङ्सिर। बिरगंज महानगरपालिका का उपमेयर इम्तियाज आलमको सम्योजकत्वमा गठित अनुगमन समितिले बिरगंजका विभिन्न मदिरा फर्महरुमा अनुगमन...
वीरगन्ज २२ मङ्सिर।
बिरगंज महानगरपालिका का उपमेयर इम्तियाज आलमको सम्योजकत्वमा गठित अनुगमन समितिले बिरगंजका विभिन्न मदिरा फर्महरुमा अनुगमन गरेको छ । खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दासको नेतृत्वमा खटिएको टोलिले बिहिवार र शुक्रबार गरि २ दिन महानगरका विभिन्न ठाँउमा रहेका मदिरा फर्महरुमा अनुगमन गरेको हो ।
यसरी अनुगमन गर्दा अधिकांस मदिरा ब्यबसाय गर्ने फर्म हरु महानगरमा ब्यबसाय दर्ता नगरी सन्चालन भएको पाइएको छ ।
यसरी बिना दर्ता ब्यबसाय सन्चालन भएका मदिरा ब्यबसायी हरुलाइ सात दिन भित्र महानगरमा ब्यबसाय दर्ता गर्न चेतावनी सहितको पत्र काटिएको बिपिन कुमार दासले बताउनु भयो ।
अनुगमनको क्रममा बजारमा पाइएका डेट स्पायर बड्बाइजर बियर , नेपाल आइस लगाएत का बियरहरु नष्ट गरिएको अनुगमन टोलिमा रहेका होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्तले बताउनु भयो । उनले महानगरमा ब्यबसाय दर्ता नभएका होटल तथा मदिरा ब्यबसायिहरुलाइ संघले पनि महनगरमा दर्ता हुन छुट्टै सर्कुलर जारी गरिने बताउनु भयो ।
अनुगमन टोलिले दिपक इम्पेक्स , शिखर इन्टर्प्राजेज , जय जग्दम्बा ,रबि ट्रेडर्स ,लक्ष्मी स्टोर ,साजन स्टोर , अजित इम्पेक्स र रिया एन्ड अदिती लगाएतका फर्महरु अनुगमन गर्दा फर्म दर्ता नभएको , नवीकरण नभएको , मिति गुज्रिएको मदिरा बिक्रि भएको तथा एक्स्पायरी जोन नछुट्टयाएको जस्ता कैफियत भेट्टाएको थियो ।
अनुगमन टोलिमा महानगरका बिपिन कुमार दास , होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष हरि पन्त , उपभोक्ता मन्चका अजित भुजेल , बिरगंज उद्योग बाणिज्य संघका प्रती निधि मनोज दास , जिल्ला प्रसासन , घरेलु ,बाणिज्य तथा नाप तौल कार्यालयका प्रतिनिधि हरु हरु सम्लग्न थिए ।
COMMENTS