Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

भारतीय प्रहरीको सहयोगमा रौतहट प्रहरीद्वारा छजना अपहणकर्ता पक्राउ

रौतहट, १२ पुस/ भारतीय प्रहरीको सहयोगमा रौतहट प्रहरीले छजना अपहणकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी देश भारतको जिल्ला सीतामाढी थ...

रौतहट, १२ पुस/
भारतीय प्रहरीको सहयोगमा रौतहट प्रहरीले छजना अपहणकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी देश भारतको जिल्ला सीतामाढी थाना डुम्रा मेहसोल वडा नं. २७ बस्ने मो. अकबर, सोही ठाउँ बस्ने मो. नईम, वर्ष ३० को कौसर अली, वर्ष २० को मो. सदाब, वर्ष २७ को मो.इरशाद र टन्डसपुर वडा न ३ बस्ने रामनरेश कुमार रहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
 
पुस ५ गते बिहान १०ः३० बजे जिल्ला चितवन भरतपुर महानगरपालिका–१९ हुलाक चोक बस्ने वर्ष ४० को कृष्ण थापा र ऐ. रत्ननगर न. पा. वडा नं १२ जीरौना बस्ने अ.वर्ष ३५ को दिपेन्द्र महतसमेत मोटरसाइकलमा रौतहटको चन्द्रपुर जान्छु भनी हिडेकोमा पुस ७  गते बेलुका निज कृष्ण थापाले आप्mनो फेसबूक आइडीबाट म अपहरणमा परें रु छ लाख फिरौती माग गरेको छ भनी पत्नीलाई म्यासेन्जरमा कल गरेको भन्ने जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनमा सूचना प्राप्त भएको थियो ।
 
उक्त सूचना जिप्रका रौतहटमा  प्राप्त भई अपहरणमा परेका मानिसहरू सीमावर्ती भारतीय इलाकामा हुन सक्ने सम्भावना रहेकोले प्रहरी टोलीले भारतीय प्रहरीसँग सहयोग तथा समन्वय गरी अप्रेशन सञ्चालन गर्दा पुस १० गते सीतामढी डुम्रा थानाबाट खटेको भारतीय प्रहरीद्वारा अपहरणमा परेका कृष्ण थापा र दीपेन्द्र महतसमेतलाई सकुशल उद्धार गरेको र अपहरणमा संलग्न छजना पुरुषलाई पक्राउ गरेको जिप्रका रौतहटका सूचना अधिकारी एलिजा गिरीले बताएकी छन्  ।
 
पीडितबाट भारतीय सीतामढी प्रहरीले अपहरण तथा शरीर बन्धक शीर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान कार्य अगाडि बढाएको, पीडीतहरू सीमावर्ती इलाकामा आई जिप्रकामा सम्पर्क गरेको र निज पीडितहरूलाई प्रहरी कार्यालयमा ल्याई प्रारम्भिक स्वास्थ्य परीक्षणपश्चात् आफन्तको जिम्मा लगाएको अन्य अनुसन्धान कार्य जारी रहेको सूचना अधिकारी गिरीले बताएकी छिन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content