Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

सेमिअटोमेटिक पेस्तोल र गोलीसहित ३ जना पक्राउ

मकवानपुर, २३ मंसिर । मकवानपुरको हेटौँडाबाट पेस्तोल सहित ३ जना पक्राउ परेका छन् । हेटौँडाबाट सेमिअटोमेटिक पेस्तोल, २० थान गोली सहित ३ जनालाई ...

मकवानपुर, २३ मंसिर । मकवानपुरको हेटौँडाबाट पेस्तोल सहित ३ जना पक्राउ परेका छन् । हेटौँडाबाट सेमिअटोमेटिक पेस्तोल, २० थान गोली सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूलाई शुक्रवार हेटौँडा–१० बाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर– ९ बस्ने ३३ वर्षको निश्चल पौडेल, सोही स्थानका ३५ वर्षका गणेश घले र ३० वर्षको प्रितम क्षेत्री रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरूको साथबाट सेमिअटोमेटिक पेस्तोल, २० राउन्ड गोली, हतियार सफा गर्ने रड, लागु औषध खैरो हेरोइन २ ग्राम ४०० मिलिग्राम, लागु औषध तौल गर्ने डिजिटल तराजु २ थान, ५ थान मोबाइल, ५० हजार नगद र ना २५ प ३३०५ नम्बरको सिबी युनिकर्न र ना ६३ प ९६७८ नम्बरको आरआर ३१० सिसीको मोटरसाइकल बरामद गरेको छ ।

उनीहरूले मङ्सिर १९ गते हेटौँडा–९ स्थित सूर्य प्रसाद पौडेल(सुरेश)को घरमा गोली प्रहार गरेका थिए । घटना भएको नजिकै विवाह समारोह भएकाले कसैले पटका पड्काएको हुनसक्ने आशंका गरिए पनि भोलीपल्ट बिहान घर बाहिर पड्किएको गोलीका खोकाहरू फेला परेपछि घटना बाहिरिएको थियो ।

गोली प्रहार भएको घटनाको जानकारी प्राप्त हुनासाथ सो सम्बन्धमा मङ्सिर १९ गतेबाटै प्रहरी उपरीक्षक रिजालको कमान्डमा अनुसन्धान टोली खटिएको थियो । प्रहरी टोलीले घटनास्थलको अनुसन्धान तथा घटनामा संलग्न फरार व्यक्तिहरू खोजतलास गर्ने क्रममा मङ्सिर २२ गते शुक्रवार उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको थियो । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content