Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

महिलाको मृत्यु, महरा पक्राउ, अस्पताल सञ्चालक फरार

रौतहट, २२ कात्तिक । रौतहटको बिर्तामा स्थित इमर्जेन्सी जन सेवा हस्पिटलमा जथाभाबी पाठेघरको अपरेसन गर्दा बिरामी महिलाको मृत्यु भएपछि अपरेसनमा स...


रौतहट, २२ कात्तिक । रौतहटको बिर्तामा स्थित इमर्जेन्सी जन सेवा हस्पिटलमा जथाभाबी पाठेघरको अपरेसन गर्दा बिरामी महिलाको मृत्यु भएपछि अपरेसनमा संलग्न इन्द्रदेव महरालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गरूडाबाट खटिएको टोलीले महरालाई सर्लाहीको हराकठवा बजारबाट मंगलवार राति पक्राउ गरेको हो ।

पक्राउ परेका महरा अहिले इलाका प्रहरी कार्यालय गरूडाका नियन्त्रणमा रहेको डिएसपी ओम प्रकाश खनालले बताए ।
 
बिर्ता स्थित जनसेवा अस्पतालमा बिरामी महिला नुरजहा खातुनको पाठेघरको अपरेसनमा महराको संलग्नता रहेको डिएसपी खनालले बताए। महरा बिर्ता स्थित झोले अस्पताल जस्तै सर्लाही हरकठवा बजारमा श्रीराम अस्पताल सञ्चालन गरेको र त्यहीँबाट पक्राउ गरिएको डिएसपी खनालले जानकारी दिए। महरा सिएमए हुन । अपरेसन गर्ने मुख्य डाक्टर तथा अस्पताल सञ्चालक गरूडा ८ का राजेन्द्र यादव भने फरार रहेका छन ।

रौतहटको गौर–चन्द्रपुर सडक खण्डअन्तर्गत गरूडा नगरपालिका – ८ बिर्तास्थित इमर्जेन्सी जनसेवा हस्पिटलमा जथाभाबी पाठेघरको शल्यक्रिया गर्दा खातुनको मृत्यु भएको हो । पेट दुख्ने लगायतको समस्या हुँदा खातुनलाई इमर्जेन्सी अस्पतालमा चेकजाँच गराउँदा चिकित्सकले पाठेघरको शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । सोही अनुसार सोमवार खातुनलाई इमर्जेन्सी हस्पिटलमा शल्यक्रियाका लागि भर्ना पनि गरियो । यद्यपि शल्यक्रिया पश्चात अत्यधिक रक्तस्रावका कारण उनको अवस्था गम्भीर बनेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

अत्यधिक रक्तस्रावका कारण अचेत भएकी खातुनलाई चिकित्सकको सुझाव अनुसार नै थप उपचारका लागि एम्बुलेन्समा राखेर वीरगञ्जस्थित मेट्रो सिटी अस्पतालमा ल्याइएको थियो । मेट्रो सिटीमा भने चिकित्सकले खातुनको अस्पताल पुग्नु भन्दा पहिला नै मृत्यु भइसकेको बताएको जिल्ला प्रहरी रौतहटका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दामोदर केसीले बताए ।
बिरामीको मृत्युपछि मङ्गलवार दिउँसो पीडित परिवार र स्थानीयले हस्पिटलका सञ्चालक यादव र उपचारमा संलग्न डाक्टरलाई पक्राउ गरी कारबाई गर्न माग गर्दै हस्पिटल अगाडि विरोध प्रदर्शन समेत गरेका छन् ।

इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) ओम प्रकाश खनालले पनि घटनाको पुष्टि गर्दै मृतक महिला खातुनको शव फोरेन्सिक परीक्षणका लागि शिक्षण अस्पताल काठमाडौं पठाइएको बताए । मृतक महिलाको शव हाल पोस्टमार्टम लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content