Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

मधेस विश्वविद्यालयमा कानुन र जनप्रशासन विषयमा पठनपाठन

वीरगञ्ज, २३ कात्तिक : मधेस विश्वविद्यालयले कानुन र जनप्रशासन सङ्कायमा भर्ना भएका विद्यार्थीका लागि अनुशिक्षण कक्षा सञ्चालन गरेको छ । स्थापना...

वीरगञ्ज, २३ कात्तिक : मधेस विश्वविद्यालयले कानुन र जनप्रशासन सङ्कायमा भर्ना भएका विद्यार्थीका लागि अनुशिक्षण कक्षा सञ्चालन गरेको छ । स्थापना भएको पहिलो एक वर्षमै विश्वविद्यालयले आगामी मङ्सिर ११ गतेदेखि कानुन सङ्कायतर्फ बीएएलएलबी र जनप्रशासन सङ्कायको पठनपाठन सुरु गर्न लागेको छ । यसका लागि प्रवेश परीक्षामार्फत कानुन सङ्काय बीएएलएलबीमा भर्ना भएका एक सय १० र जनप्रशासन सङ्कायका ५५  विद्यार्थीका लागि विश्वविद्यालयले तीन दिने अनुशिक्षण कक्षा सञ्चालन गरेको हो ।

विश्वविद्यालयमै सञ्चालित अनुशिक्षण कक्षामा विश्वविद्यालयका उपकुलपति दीपक शाक्य, रजिष्ट्रार विजयकुमार यादवले विश्वविद्यालयको अवस्था र भावी कार्ययोजनाबारे प्रशिक्षण दिनुभयो । यस्तै पर्सा जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मा र जिल्ला सरकारी वकिल कार्यालय पर्साका सह न्यायाधिवक्ता रामकमुार थापाले कानुन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनसम्बन्धी प्रशिक्षण दिनुभएको विश्वविद्यालयका रजिष्ट्रार यादवले जानकारी दिनुभयो ।

विद्यालयलाई सुष्मा श्रेष्ठ, वासुदेवलाल कर्ण र अरविन्द श्रेष्ठले विश्वविद्यालयको आचारण र विद्यालयले परिपालना गर्नुपर्ने विषयमा सहजीकरण गर्नुभयो भने शैक्षिक क्रियाकलाप तथा विश्वविद्यालयको अनुशासनसम्बन्धी विश्वविद्यालयका कानुन तथा जनप्रशासन सङ्कायका डीन डा मानबहादुर विश्वकर्माले सहजीकरण गर्नुभएको रजिष्ट्रार यादवले बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन तथा सामाजिक न्यायसम्बन्धी अधिवक्ता विकास गुप्ताले सहजीकरण गर्नुभयो ।

पठनपाठनका लागि मधेस विश्वविद्यालयद्वारा गठित पाठ्यक्रम विकास समिति र काठमाडौँ विश्व विद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रम पारित भइसकेको छ । विश्वविद्यालयको तत्काल आफ्नो संरचना निर्माण भइनसकेकाले काठमाडौँ विश्व विद्यालयको समन्वयमा यी दुबै सङ्कायको पठनपाठन सुरु गर्ने तयारी गरेको छ । त्यससँगै विश्वविद्यालयले आवश्यक पूर्वाधार निर्माणको कार्यलाईसमेत अघि बढाएको छ ।

गत २०७९ वैशाख १४ गते मधेस प्रदेशसभाद्वारा मधेस विश्वविद्यालय ऐन २०७९ जारी भई २०७९ साल भदौ २२ गते स्थापना भएको सो विश्वविद्यालयले एक वर्षकै अवधिमा दुई वटा सङ्कायको पठनपाठन सुरु गर्न लागेको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content