Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

वीरगंज पब्लिक कलेजको भवनबाट छात्रले हाम फाले

वीरगंज, १५ कात्तिक । वीरगञ्ज पब्लिक कलेज (बिपिसी) मा अध्ययनरत एक छात्रले क्याम्पसकै भवनबाट हाम फालेर आत्महत्याको असफल प्रयास गरेका छन् । कले...

वीरगंज, १५ कात्तिक ।

वीरगञ्ज पब्लिक कलेज (बिपिसी) मा अध्ययनरत एक छात्रले क्याम्पसकै भवनबाट हाम फालेर आत्महत्याको असफल प्रयास गरेका छन् ।

कलेजको कक्षा १२ मा अध्ययनरत करिब १८ वर्षीय युवक राजीव महतोले बुधवार बिहान ७ बजेको करिबमा क्याम्पसको तेस्रो तल्लाबाट हाम फालेर आत्महत्याको प्रयास गरेको बुझिएको छ ।

बाराको विश्रामपुर गाउँँपालिका – ५ नकटुवा निवासी महतोको अहिले वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले जानकारी दिए ।

एसपी शाहका अनुसार महतोको खुट्टा भाँच्चिएको छ भने उनको चिउँडो र हातमापनि गम्भीर चोट लागेको छ । यद्यपि उनी अहिले खतरामुक्त छन् ।

क्याम्पस प्रमुख हरि तुलाधरका अनुसार छिमेकी एक महिलाले बिहान क्याम्पस भवन पछाडिको खाली जग्गामा महतो लडेको अवस्थामा देखेर शिक्षक र विद्यार्थीहरूलाई खबर गरेकी थिइन् । त्यसपछि क्याम्पसका विद्यार्थी र कर्मचारीले महतोलाई उद्धार गरी नजिकको प्रभु अस्पतालमा पुर्रुयाएका थिए ।

प्रभु अस्पतालमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि बयोधा अस्पतालमा ल्याइएको तुलाधरले जानकारी दिए । महतो अहिले खतरामुक्त रहेको उनले बताए ।

महतोले किन र कसरी हाम फालेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको एसपी शाहले बताए । पारिवारिक समस्याका कारण उनले आत्महत्याको प्रयास गरेको हुनसक्ने स्रोतको भनाई छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content