Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बुहारीको हत्याको आरोपमा जेठाजुसहित तीनजना पक्राउ

वीरगंज, १६ असोज । बुहारीको हत्याको आरोपमा दुईजना जेठाजुसहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।...

वीरगंज, १६ असोज । बुहारीको हत्याको आरोपमा दुईजना जेठाजुसहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साले मंगलवार पत्रकार सम्मेलन गरी असोज २ गते कान्ती देवी बिनको हत्यामा संलग्न दुई जेठाजुसहित तीनजनालाई सार्वजनिक गरेको हो ।

असोज २ गते दिउँसो ३ः०० बजेको समयमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नं.५ मसिहानी टोल बस्ने स्व. सनिक राउत बिनको पत्नी वर्ष ५६ की कान्ती देवी बिनको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको थियो ।

कान्तिको छोरा अर्जुन मुखिया बिन वैदेशिक रोजगारीबाट बिदा लिएर घर आएपश्चात लालबाबु राउत बिनको नाममा असोज ७ गते किटानी जाहेरी दिएपछि प्रहरीले लालबाबूलाई पक्राउ गरेको थियो । लालबाबुले बयानको क्रममा मृतक कान्तिदेवीका जेठाजु चन्द्रिका राउत वीन र अमीरीका राउत बिन पनि हत्यामा संलग्नता रहेको बताएपछि प्रहरीले चन्द्रिका र अमिरिकालाई असोज १४ गतेको पक्राउ गरेको थियो ।

लालबाबुले प्रहरी बयानमा बताए अनुसार असोज १ गते राति तीनैजनाले कान्तिदेवीको घरमा चोरी गर्ने योजना बनाई सेन काटेर घर भित्र प्रवेश गरेको प्रहरीले जनाएको छ । चोरी गर्नको लागि बक्साहरू खोतल्दै गर्दा कान्तिदेवी निद्राबाट बिउझेको देखेपछि तीनैजनाले कान्तिदेवीको टाउकोाम रड र काठको फलेकले प्रहार गरी बेहोस बनाएका थिए । त्यसपछि सिरानीले मुख छोपेर खुर्पीले कान्तिदेवीको घाँटी रेटी हत्या गरेको लालबाबूले बताए ।

प्रहरीले अनुसन्धानको क्रममा तीनैजनामाथि पोलिग्राफ परीक्षण गरेका थिए । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content