Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बारामा गोली प्रहार गरी एकजना भारतीयको हत्या

वीरगंज, १० असोज । बारामा एकजना भारतीयको गोली प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।  असोज ९ गते साँझ १८ः१० बजेको समय...

वीरगंज, १० असोज । बारामा एकजना भारतीयको गोली प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । 

असोज ९ गते साँझ १८ः१० बजेको समयमा नेपाल–भारत सीमाभन्दा करिब ७०० मिटर नेपालतर्फ हत्या गरिएको अवस्थामा एकजना भारतीयको शव भेटिएको जिप्रका, बाराले जनाएको छ । 

पचरौता नगरपालिका–६ लक्ष्मिनियास्थित पोखरी भारतको मोतिहारी, दर्पा थाना–१, सुक्लहिया गाँउ बस्ने रामपुकार सिंहको छोरा २२ वर्षीय छोरा अजित कुमार सिंहको गोली प्रहारबाट हत्या गरिएको अवस्थामा शव भेटिएको जिप्रका, बाराले जनाएको छ । 

मृतक अजित कुमार सिंहसँगै सोही ठाउँका वर्ष २५ को सुजित कुमार सिंह, वर्ष २४ को चञ्चल पाञ्डे, वर्ष २२ को मनिष कुमार सहनी र वर्ष २० को कामेश्वर सहनी दुर्ईवटा अनटेस्ट मोटरसाईकलमा नेपाल प्रवेश गरेको बारा प्रहरीले जनाएको छ । 

पचरौता न.पा. ६ लक्ष्मिनिया स्थित पोखरी नजिक पुगेपश्चात सँगै एउटै बाईकमा पछाडि बसेका सुजित कुमार सिंहले मृतक अजित कुमार सिंहलाई पछाडिबाट गोली प्रहार गरी हत्या गरेर मोटरसाइकल लिए भारततर्फ भागेको प्रहरीले जनाएको छ । 

घटनास्थलबाट एक थान गोली र एक थान गोलीको खोका बरामद गरिएको प्रहरीले जनाएको छ । 

मृतकको शव नारायणी अस्पताल वीरगंज पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको जिप्रका बाराका प्रवक्ता प्र.ना.उ. दधिराम न्यौपानेले जनाएका छन् । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content