Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा प्रदर्शन हुने

काठमाडौँ, ३० जेठ : नेपाली चलचित्र 'परस्त्री' हिन्दीमा समेत प्रदर्शन हुने भएको छ । यसअगाडि 'प्रेम गीत ३' प्रदर्शन भएकै सुविधा...

काठमाडौँ, ३० जेठ : नेपाली चलचित्र 'परस्त्री' हिन्दीमा समेत प्रदर्शन हुने भएको छ । यसअगाडि 'प्रेम गीत ३' प्रदर्शन भएकै सुविधासरह हिन्दी संस्करणलाई  पनि प्रदर्शन गर्न दिने विषयमा चलचित्रका समूहसँग छलफल भएको चलचित्र विकास बोर्डका अध्ययक्ष भुवन केसीले जानकारी दिनुभयो ।

"यसअगाडिको नजिरअनुसार नै प्रक्रिया अपनाउन सुझाव दिएका छौँ", उहाँले भन्नुभयो, " 'प्रेमगीत ३' को हिन्दी संस्करणका बेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको निर्देशनलाई नजिर मानेर 'परस्त्री'लाई पनि सोही प्रक्रियाबमोजिम अनुमति दिनेछौँ ।"

बोर्डको यस्तो निर्णयपछि चलचित्रका निर्माताले रु तीन हजार दस्तुर तिरेर पुनः स्वराङ्कनका लागि आवेदन दिनुपर्ने हुन्छ । त्यसपछि मात्र परस्त्रीले (हिन्दी डब) शीर्षकमा चलचित्रले सिफारिस पत्र पाउनेछ ।

नेपाली चलचित्रको सुविधासरह 'रिलिज' हुने भएपछि परस्त्री (हिन्दी डब)ले १५ प्रतिशत चलचित्र विकास शुल्क तिर्नुपर्ने छैन । मूल्य अभिवृद्धि कर १३ प्रतिशत र स्थानीय कर पाँच प्रतिशतसहित १८ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । नेपाली चलचित्र नेपालमै हिन्दी भाषामा प्रदर्शन हुने शैली सकारात्मक नभएको बोर्ड अध्यक्ष केसीले बताउनुभयो । "मैले मन्त्रालयको निर्देशनलाई मानेको हुँ । चलचित्रकर्मीका रुपमा म यस कुरासँग सहमत  छैन । किनकि नेपालमै हिन्दी भाषामा चलचित्र प्रदर्शन गरिनु राम्रो होइन", उहाँले भन्नुभयो ।

चलचित्र 'परस्त्री' का वितरक करण श्रेष्ठले नेपाली निर्माताको लगानी रहेकाले नेपालीसरह सेवासुविधाको माग गरिएको जानकारी दिनुभयो । "हाम्रै नेपालीको लगानी रहेको चलचित्रलाई विदेशी सरह प्रदर्शन गरिनु न्यायोचित नहुन सक्छ । त्यही सन्दर्भलाई लिएर विकास बोर्डसम्म पुगेका हौँ", वितरक श्रेष्ठले भन्नुभयो, "यसको सकारात्मक पक्षलाई पनि हेर्नुपर्छ । नेपाली निर्मातासँगको सहकार्यमा विदेशी लगानी भित्रिन सक्ने सम्भावना पनि छन् ।"

कलाकार सुरज पाण्डेको निर्देशनमा तयार भएको यस चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतले अभिनय गर्नुभएको छ । निर्देशक दीपेन्द्रकुमार खनालको लेखन रहेको चलचित्रलाई काठमाडौँमा करण श्रेष्ठ (जिजिए ग्रुप) र मोफसलमा अशोक शर्मा (डिसिएन) ले वितरण गर्नुहुनेछ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content