Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बालबालिका अपहरणमा संलग्न देवलाई तीन वर्ष कैद

सप्तरी, ३१ जेठ   ।  दुई बालिकालाई अपहरण गरेको अभियोगमा राजविराज नगरपालिका–२ घर भई हाल सुनसरीको कोशी गाउँपालिका बस्दै आएका ३६ वर्षीय नवीनप...

सप्तरी, ३१ जेठ   ।  दुई बालिकालाई अपहरण गरेको अभियोगमा राजविराज नगरपालिका–२ घर भई हाल सुनसरीको कोशी गाउँपालिका बस्दै आएका ३६ वर्षीय नवीनप्रसाद देवलाई तीन वर्ष कैद सजाय भएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले देवलाई तीन वर्ष कैद सजायका साथै रु ३० हजार जरिवाना तिराउने फैसला गरेको हो । देवले पीडितलाई रु ५० हजार क्षतिपूर्ति दिनुपर्ने र रु एक हजार दुई सय फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने गरी फैसला भएको अदालतले जनाएको छ । स्रेस्तेदार कुमार मास्केका अनुसार देवलाई १५ वर्षीया दुई बालिकालाई असार ११ गते अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा सजाय भएको हो ।

राजविराज नगरपालिका–८ स्थित रुपनी सडक खण्डमा देवले दुई बालिकालाई ललाईफकाई प्रलोभनमा पारी अपहरण गरी बन्धकबनाई राखेका थिए । बालिकाहरु भागी अपहरण मुक्त भएपछि पीडितहरूकी आमाहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

सप्तरीमा ढिलो गरी उजुरी दर्ता हुँदा अभियुक्त देव अभद्र व्यवहार कसुरमा जिल्ला प्रहरी कार्यालय मोरङमा पक्राउ परिसकेका थिए । मोरङको विराटनगरबाट देवलाई साउन १३ गते सप्तरी ल्याएर कारबाही थालिएको थियो । जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको आदेशमा देव भदौ ८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

यसअघि देव राजविराज –२ की १४ वर्षीया बालिकाको अपहरण घटनामा पक्राउ परेका थिए । झुक्यानमा पारी ०७८ साल जेठ २० गते मोटरसाइकलबाट अपहरण गरी लैजाने क्रममा राजविराजदेखि नौ किलोमिटर दक्षिण रूपनीबजार नजिक देव पक्राउ परेका थिए । बालिकालाई मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा पक्राउ परेका देव ०७८ साल असार १५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका थिए ।

सो घटनामा पीडित पक्ष नै 'होस्टाइल' भएपछि देवले सफाइ पाएको प्रहरीले जनायो । यसअघि विभिन्न फौजदारी अपराधमा मुद्दा चले पनि प्रमाण अभाव, पीडित पक्ष होस्टाइल र अनुपस्थित हुने कारणले देवले सफाइ पाउँदै आएका थिए । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content