Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

कृषि सहुलियतको ऋण दुरूपयोग हुन नदिने – गर्भनर अधिकारी

२९ जेठ, वीरगंज । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कृषि सहुलियतको ऋण दुरूपयोग हुन नदिने बताएका छन् । सोमवार वीरगंजमा नेपाल राष...


२९ जेठ, वीरगंज । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कृषि सहुलियतको ऋण दुरूपयोग हुन नदिने बताएका छन् । सोमवार वीरगंजमा नेपाल राष्ट्र बैंकले आयोजना गरेको  समसामयिक आर्थिक तथा बैंकिङ गतिविधी विषयक अन्तरकृया कार्यक्रममा बोल्दै उनले कृषि सहुलियतको ऋण दुरुपयोग हुन नदिन नेपाल राष्ट्र बैंकले केहि कडाइसहितको नीति नियम बनाएको बताए । उनले हाम्रो उद्देश्य भनेकै उद्यमशीलतालाई प्रोेत्साहित गर्ने हो, त्यसमापनि कृषि उद्यम मुख्य प्राथमिकतामा पर्ने बताए । कृृषि कर्मकालागि लिएको सहुलियतको ऋण अन्य प्रायोजनमा लगानी गरिएको पाइए त्यो राष्ट्र बैंकलाई सह्य नहुने चेतावनी पनि उनले दिए । सहुलियतको कृषि ऋणको दुरूपयोग नहोस् भन्नका लागि राष्ट्र बैंकले केहि कडा नीति बनाएको उनले प्रष्ट पारे ।

अधिकारीले पनि बैंकहरूको सेवा अहिलेपनि सोचेअनुसारको सहज र सरल हुन नसकेको स्वीकारे । मधेस प्रदेशमा बढी समस्या छ,हाम्रो उद्देश्य भनेको बैंकसम्म ग्राहकको पहुचँ सरल र सिधा हुनुपर्छ, बिचौलीया मार्पmत हुनुहुदैन, यसवारे बैंकर्सहरूले पनि ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा वीरगंज क्षेत्रमा कृषिजन्य उद्योग र फार्म सञ्चालन गरेका तथा व्यवसायिक कृषि कर्म गर्दै आएका किसानहरूले बैंकहरूले कृषि क्षेत्रमा लगानी गर्न आनाकानी गर्दै आएको भन्दै गर्भनर अधिकारीको ध्यानाकर्षण गराएका थिए । उनीहरूले बैंकहरूले कृषिमा ऋण लगानी गर्नै नचाहने, ऋण दिएपनि आवश्यकता भन्दा निक्कै थोरै दिने गरेको लगायतका गुनासा गरेका थिए । ऋण लगानीका लागि बैंकहरूको प्रकृयापनि झनझटीलो रहेको उनिहरूको दुखेसो थियो । साथै उनिहरूले कृषिजन्य उद्योग र कृषि कर्मका लागि बैंकहरूले लगानी गर्ने ऋणमा थप सहुलियत उपलब्ध गराउनुपर्ने मागपनि गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक मुक्तिनाथ सापकोटा, उपनिर्देशक रचना शर्मा पराजुली, बैंकका वीरगंज निर्देशक अजित रेग्मी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय कार्यकारीणी सदस्य डाक्टर सुबोध गुप्ता,वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष हरि गौतम, महासचिव आशीष लाठ, अर्थविद् डाक्टर दिपेन्द्र चौधरी, युवा उद्यमी अनुप कौर, कृषि उद्यमी तारा प्रसाद कलवार, माछापालक किसान सहीम अन्सारी, ह्याचरी व्यवसायी शीवजी प्रसाद कलवार लगायतको पनि सहभागीता थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content