Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

नयाँ ऐन अनुसार पर्सा, बारा र रौतहटमा कतिजनाले पाए नागरिकता

वीरगंज, १५ असार । जिल्ला प्रशासन कार्यालय, पर्साबाट ५ सय ५४ जनाले नागरिकता प्राप्त गरेको जनाइएको छ । २०६३ सालको टोलीमा १५ हजारको हाराहारीमा ...

वीरगंज, १५ असार । जिल्ला प्रशासन कार्यालय, पर्साबाट ५ सय ५४ जनाले नागरिकता प्राप्त गरेको जनाइएको छ । २०६३ सालको टोलीमा १५ हजारको हाराहारीमा जन्मसिद्धका आधारमा नागरिकता लिएको तथ्याङ्क देखिन्छ । सो अनुसार पर्सामा ४५ हजारको संख्यामा नागरिकता वितरण हुने अनुमान गरिएको उनले बताए । उनका अनुसार ६ हजार जनाले टोकन लिइसकेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराले बिहीवारसम्म ११३ जनालाई नयाँ ऐन अनुसार नागरिकताको प्रमाणपत्र वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जनाए ।

रौतहटमा ७८ जनाले नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत निरजकुमार श्रीवास्तवले नागरिकताको प्रमाणपत्र लिन ऐनमा तोकिएका कागजातहरू पूरा गरी आएका जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई निर्वाध रूपमा नागरिकता वितरण गरिआएको बताए ।

गत जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक प्रमाणीकरण गरेपछि जन्मसिद्ध नागरिकका सन्तानहरूले नागरिकता पाउने व्यवस्था भयो । तर सो ऐन विरूद्ध सर्वाेच्चमा रिट निवेदन परेपछि नागरिकता वितरण गर्न तम्तयार जिल्ला प्रशासन कार्यालयहरू रोकिए । गत बिहीवार सर्वाेच्च अदालतले अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेसँगै नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो । गत आइतवारदेखि नागरिकता वितरण शुरू गरेको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content