Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

वीरगंज, २१ जेठ । आइतवार सर्वाेच्च अदालतले नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल...

वीरगंज, २१ जेठ ।
आइतवार सर्वाेच्च अदालतले नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।


सर्वाेच्चको आदेशसँगै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका नागरिकता विधेयक कार्यान्वयनमा तत्कालका लागि रोक लागेको छ । गएको वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक गएको १७ गते राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका थियो ।
संसद्लाई छलेर सरकारले गरेको सिफारिसका आधारमा नागरिकता विधेयक प्रमाणीकरण गर्नु असंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले जेठ १९ गते सर्वाेच्चमा रिट दिएका दिनुभएको हो ।


सर्वाेच्चले अन्तरिम आदेश दिने कि नदिने भन्ने निर्णयका लागि छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । सर्वाेच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश पनि दिएको छ । रिटमा राष्ट्रपति पौडेल, राष्ट्रपतिको कार्यालयलगायतलाई विपक्षी बनाइएको छ ।


जिल्ला प्रशासन कार्यालयअगाडि विरोध


जिल्ला प्रशासन कार्यालय, धनुषा अगाडि युवाहरूले विरोध प्रदर्शन गरेका छन ।
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गरेपछि आईतवार विहानैदेखि नागरिकता बनाउन पुगेका युवाहरूलाई बेलुकीसम्म कुराएर नागरिकता हाललाई नबन्ने जानकारी जिल्ला प्रशासन कार्यालयले गराएपछि युवाहरू आक्रोसित भएर चक्काजाम गदै विरोध जनाएका छन । अहिले जिल्ला प्रशासन कार्यालय अगाडिको बाटो अवरूद्ध छ । आक्रोसित युवाहरूले टायरसमेत बालेर प्रमुख जिल्ला अधिकारी मुर्दावादको नारा लगाउँँदै छन । प्रहरी प्रशासनले स्थित नियन्त्रणमा लिने प्रयास गर्दै छन तर आक्रोसित युवाहरूले नागरिकता नबनुनजेल सडक अवरूद्ध गर्ने भन्दै बिरोध गर्दै आएका छन ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content