Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

महिला क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ, ३० जेठ (रासस): एसीसी महिला टि –ट्वान्टी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पाकिस्तान 'ए' सँग पराजित भएको छ । हङकङको मङ...

काठमाडौँ, ३० जेठ (रासस): एसीसी महिला टि –ट्वान्टी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पाकिस्तान 'ए' सँग पराजित भएको छ । हङकङको मङककमा आज भएको खेलमा नेपाल पाकिस्तानको 'ए' टिमसँग नौ रनको झिनो अन्तरले पराजित भएको हो । पाकिस्तान 'ए' ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा छ विकेट गुमाएर ७८ रनमा समेटियो ।  

नेपालका लागि ओपनर कविता कुँवरले सर्वाधिक २० रनको योगदान दिइन् । उनले ३२ बलमा सर्वाधिक २० जोडेकी हुन् । त्यस्तै कविता जोशीले १७ बलमा अविजित १५ रन बनाइन् । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

पाकिस्तान 'ए' की सईदा शाह र तुवा हसनले समान दुई÷दुई विकेट झारे भने अनुशा नासिर र उम्मी हानीले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको पाकिस्तान 'ए' ले १९ दशमलब दुई ओभरमा सबै विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको थियो । उसका लागी शवाल जुफिकले ३६ बलमा २८ रन बनाइन् भने कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाइन् ।

त्यस्तै गुल फरुजाले १८ बलमा ११ रन जोडिन् ।  

बलिङतर्फ ईन्दु बर्माले तीन विकेट झारिन् भने कविता जोशी, कविता कुँवर र सीता रानामगरले समान दुई÷दुई विकेट लिए । यस जितसँगै पाकिस्तान 'ए' समूह 'ए' को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल भने दोस्रो स्थानमा रहेको छ ।

भिसा समस्याका कारण थाइल्यान्डले अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले उक्त प्रतियोगितामा अवसर पाएको थियोे । एसिसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा  विभिन्न आठ राष्ट्र सहभागी छन् । यसलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह 'ए' मा रहेको छ । नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान रहेका छन् । समूह 'बी' मा मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), बंगलादेश र श्रीलंका 'ए' रहेका छन् । नेपालले अब आफ्नो दोस्रो खेल यही जेठ ३२ गते भारतसँग खेल्नेछ ।
–––
Power

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content