Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

विश्व विजेता वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले तेस्रो सफलता

काठमाडौँ, ७ असार । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्धको जारी खेलमा नेपालले तीन विकेट लिएको छ । जिम्बावेको हरारे स्पोर्...

काठमाडौँ, ७ असार । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्धको जारी खेलमा नेपालले तीन विकेट लिएको छ ।

जिम्बावेको हरारे स्पोर्टस् क्लबमा जारी खेलको २५ ओभरको समाप्तीसँगै नेपालले तीन विकेट लिएको हो । आफ्नो क्रिकेट इतिहासको पहिलो पटक विश्वकप विजेता वेस्ट इन्डिजसँग खल्ने क्रममा नेपालका करण केसी, गुल्सन झा र सन्दिप लामिछानेले समान एक–एक विकेट लिए ।

नेपालका लागि करणले वेस्ट इन्डिजका सुरुआती ब्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट गराए । उनले खेलको दोस्रो ओभरको तेस्रो बलमा मेयर्सलाई पेभिलिएन फर्काएका हुन् । करणले यसअघि अमेरिका विरुद्धको खेलमा पनि चार विकेट लिएका थिए ।

त्यस्तै नेपालका अर्का खेलाडी गुलशन झाले पाँचौँ ओभरको पहिलो बलमा वेस्ट इन्डिजका जोनसन चाल्र्सलाई शून्य रनमा नै आउट गरे । त्यस्तै सन्दिप लामिछानेले वेस्ट इन्डिजका सुरुआती ब्याट्सम्यान ब्रेन्डन किङलाई आउट गराए । सन्दिपले ब्रेन्डनलाई ३२ रनमा आउट गराएका हुन् । सोह्रौँ ओभरको तेस्रो बलमा किङ बोल्ड हुन पुगेका हुन् । उक्त प्रतियोतिगामा सन्दिपको यो पहिलो विकेट हो ।

जारी खेलको २५औँ ओभर सकिँदासम्म वेस्ट इन्डिजले तीन विकेट गुमाएर र एक सय २० रनको योगफल बनाएको छ । अहिले क्रिजमा वेस्ट इन्डिजका कप्तान शाई होप र निकोलस पुरन छन् । कप्तान होपले ४७ रन बनाएका छन् । उनले ७२ बलमा पाँच चौका प्रहार गर्दै ४७ रन बनाएका छन् । त्यस्तै पुरनले ३२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३८ रनमा अविजित छन् ।

यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content