Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

‘मातृभाषा में शिक्षा के सन्दर्भ–भोजपुरी में पठन पाठन” गोष्ठी, भोजपुरी भाषाको उत्थानको लागि सदैव तत्पर– नगरप्रमुख

वीरगंज, २८ वैशाख/ वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले भोजपुरी भाषाको उत्थानको लागि सदैव तत्पर रहने बताएका छन् ।   भोजपुरी प्रतिष्ठान वीर...

वीरगंज, २८ वैशाख/

वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले भोजपुरी भाषाको उत्थानको लागि सदैव तत्पर रहने बताएका छन् ।
 
भोजपुरी प्रतिष्ठान वीरगंजको आयोजना र  भाषा आयोगको सहकार्यमा बिहीवार क्लासिक होटेलमा 'मातृभाषा में शिक्षा के सन्दर्भः भोजपुरी में पठनपाठन' गोष्ठीमा बोल्दै उनले भोजपुरी भाषाको सम्बद्र्धन र संरक्षणमा सदैव तत्पर रहने बताए ।
 
कार्यक्रमका प्रमुख अतिथि भाषा आयोग नेपालका अध्यक्ष डा गोपाल ठाकुरले प्रारम्भिक शिक्षा मातृभाषामा सञ्चालन गरे सिकाई प्रक्रिया सहज हुने बताए । उनले स्थानीय भाषामा पठनपाठन लागू गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका सहभागीहरूलाई अध्यक्ष डा ठाकुरले नेपालमा विभिन्न भाषाको इतिहासबारेमा प्रकाश पारेका थिए ।
 
वीरगंज मनपा शिक्षा शाखाका प्रमुख अरविन्दलाल कर्णले कुनै समुदायको इतिहास समाप्त गर्न उसको मातृभाषालाई समाप्त गरे पुग्ने बताए । उनले आआप्mनो मातृभाषाको संरक्षणमा सबै गम्भीरताको साथ लाग्नुपर्ने धारणा राखे ।
भाषा आयोगका सदस्य गोपाल अश्कले मातृभाषामा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले काठमाडौं महानगरपालिकामा मातृभाषाका ११५ जना शिक्षक दरबन्दी कायम गरिएको बताउँदै यस्तो हामीले पनि गर्न सके भोजपुरी भाषाप्रतिको आकर्षण बढ्ने बताए ।
 
नगरप्रमुख सिंहको अध्यक्षतामा भएको कार्यक्रममा भाषाविद् डा विश्वम्भर शर्मा, वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, भोजपुरीया माटीका सम्पादक साहित्यकार रामप्रसाद साह, महुवा पत्रिकाका सम्पदाक प्रियङ्का पाण्डे, ललितकला केन्द्रका सदस्य अजमत अली, सलमा खातुन, ओमप्रकाश सर्राफ, तबरेज  अहमद, ईश्वरचन्द्र यादव, विनोद मेहता, धु्रवसिंह ठकुरी, अनिता साह, ऋतुराज पटेललगायतको सहभागिता थियो ।
 
कार्यक्रमको सहजीकरण भोजपुरी प्रतिष्ठान वीरगंजका सदस्य एवं पत्रकार रितेश त्रिपाठीले गरेका थिए । 

Virus-free.www.avast.com

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content