Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

वनको जमिन सुकुम्वासीको नाममा दिंदैनौं– मन्त्री रमेशप्रसाद कुर्मी

बारा, १३ जेठ । मधेस प्रदेशका वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीले  वन जङ्गल काटेर सडक, रेलमार्ग, विमानस्थल गर्न लागेको बताएका छन् । श...

बारा, १३ जेठ । मधेस प्रदेशका वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीले  वन जङ्गल काटेर सडक, रेलमार्ग, विमानस्थल गर्न लागेको बताएका छन् ।


शनिवार गढीमाई साझेदारी वन उपभोक्ता समूहको दोस्रो साधारण सभा कार्यक्रममा बोल्दै वन मन्त्री कुर्मीले पानीको श्रोतको संरक्षणका लागि पनि सम्पूर्ण व्यक्ति मिलेर जङ्गल जोगाउन आग्रह गरेका छन् । 'हामी कानुन निर्माण गरेर वनको जग्गा वितरण गर्न रोक्दै छौ, हाम्रो वनको जमिन कुनै पनि हालतमा सुकुम्वासीको नाममा दिनेवाला छैनौ' मन्त्री कुर्मीले भने । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढाउन प्रदेश सरकारको भूमिकाको विषयमा मन्त्री कुर्मीले जङ्गलको विनाश कत्ति हुन्छ र त्यसबाट हुने फाइदालाई लिएर मात्रै अगाडि बढ्ने बताएका छन् ।


राष्ट्रिय भूमि आयोगले कानुन बनाएर वनको जग्गा भूमिहीन र सुकुम्वासीको नाममा वितरण गरेको बताएका छन् ।
'भूमि आयोगको कुदृष्टि वनको जग्गामा परेको छ, 'अहिले कानुन बनाएर आयोगले भूमिहीनको नाममा वितरण गरिरहेको छ यसलाई रोक्न मैले आफ्नो तर्पmबाट विश्वास दिलाउन चाहन्छु, खास गरी मधेसको सबैभन्दा ठुलो सम्पत्ति जल, जङ्गल, जमिनमाथि आक्रमणको अवस्था सिर्जना भएको छ, यसको संरक्षण गर्ने हाम्रो दायित्व बन्दछ' मन्त्री कुर्मीले भने 'मधेस प्रदेश सरकार, वन कार्यालयको सम्पूर्ण टिम, स्थानीय सरकार, उपभोक्तासँगको सहकार्यमा हामी भूमि आयोगलाई जमिन दिनबाट रोक्दछौ'


गढीमाई साझेदारी वन उपभोक्ता समितिको नयाँ नेतृत्व चयन समेत हुँदैछ । स्थानीय तह गठन पश्चात साझेदारी वन सम्बन्धी कानुन अभाव र अन्य विभिन्न कारणले रोकिएको साझेदारी वनहरूको अधिवेशन बाराबाट शुरू भएको छ । यो मधेस प्रदेशमै पहिलो अधिवेशन हो ।


दोस्रो अधिवेशन सहमतिमा नयाँ कार्यसमिति चयन हुन नसकेपछि निर्वाचन पक्रियामा गएको हो । करिब  १ लाख ९ हजार सदस्य रहेको बाराको गढीमाई साझेदारी वनमा प्रत्येक वडाबाट ७ जना छनोट भएर आएका छन् । ५ वटा पालिकाको २४ वटा वडाबाट छनोट भएर आएका १६८ जनाले १३ जनाको मूल कार्यसमिति छनोट गर्नेछन् । नयाँ कार्यसमिति चयनका लागि सहमति नभएपछि निर्वाचन प्रक्रिया शुरू भइसकेको डिभिजन वन कार्यालय बाराका अधिकृत ललननाथ कुर्मीले जनाएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content