Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

प्रतिबन्धित भारु पौने ६ लाखसहित तीनजना पक्राउ

वीरगंज, १९ वैशाख । प्रतिबन्धित भारु पौने ६ लाखसहित तीनजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । वडा प्रहरी कार्यालय विर्...

वीरगंज, १९ वैशाख ।
प्रतिबन्धित भारु पौने ६ लाखसहित तीनजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वा पर्साले प्रतिबन्धित भारुसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

वीरगञ्ज–१६ रजतजयन्ती चोकमा खटिएको प्रहरी टोलीले भारतबाट वीरगंजतर्फ पैदल आउदै गरेका उत्तर प्रदेश, गोरखपुर ग्राम महूई सुघरपुर बस्ने वर्ष ४२ को बिनोद कुमार गुप्तालाई वैशाख १७ गते प्रतिबन्धित भारु दुई लाखसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

उनले भिरेको नीलो रंगको झोलामा प्रतिबन्धित भारतीय रू. ५०० को दरको नोट–३६३ थान, भारू.२०० को नोट–१३ थान, भारू.१०० दरको नोट–१४५ थान भारू.५० दरको नोट–२८ थान गरी जम्मा भारू दुर्ई लाख फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी वैशाख १८ गते राति ९ बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकबाट वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले भारत विहार जिल्ला मोतीहारी ग्राम करमवा रघुनाथपुर बस्ने वर्ष ३९ को अमित कुमार सिंहलाई चेकजाँच गर्ने क्रममा निजले  बोकेको झोलाभित्र लुकाई छिपाई राखिएको भारतीय प्रतिबन्धित नोट भारू.२००० दरका नोट–२१ थान, भारू.५०० दरको नोट–६४४ थान भारू.२०० दरको नोट–३३ थान भारू.१०० दरको नोट–४५ थान र भारू.५० दरको नोट–१४ थान गरी  तीन लाख पचहत्तर हजार आठ सय बरामद भएको प्रहरीले जनाएको छ ।  ।

पक्राउ परेका दुवैजना र बरामद रकम नियन्त्रणमा लिई आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।


Virus-free.www.avast.com

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content